मन्त्रिपरिषद्मा पुरानै अनुहार

0
796

झापा,
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यही वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त गुरुङले यसअघिको सरकारमा सहभागी मन्त्रीलाई नै दोहो¥याउनुभएको छ ।


आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र युवा तथा खेलकूदमन्त्री राजीव गुरुङलाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिइए पनि रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्सालले भने विनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गर्नुभएको छ ।
युवामन्त्री गुरुङ काठमाडौँमा हुनुभएका कारण शपथमा सहभागी हुनुभएन । उहाँहरूलाई आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here