कोरोना संक्रमणबाट मेचीनगर–७ का वडाध्यक्षको निधन

0
746

झापा ।

कोरोना संक्रमणका कारण झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचेको मृत्यु भएको छ । गम्भीर अवस्थामा उपचाररत वडाध्यक्ष मेचेको आज ११:३० बजे निधन भएको हो ।

वडाध्यक्ष मेचे बिर्तामोडस्थीत बिर्तासिटि अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए । उनको उपचारको क्रममा नै मृत्यु भएको मेचीनगर वडा नम्बर ८ का वडा सदस्य सन्तोष मेचेले जानकारी दिए हो ।

वडाध्यक्ष मेचे दुई हप्ता अघिदेखि कोरोना संक्रमित भई केही दिन घरमै होम आइसाेलेसनमा बसेका थिए । पछि स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि बिर्तासिटि लगिएको थियो ।

उनको सोहि अस्पतालमा वैशाख २८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here