झापा, प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा प्रेत संस्थाको भिमकाय फोटो बनाएर, प्रेत संस्थाको प्रतिकको फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई राखेको कति आनन्द आएको होला भन्दै कान्तिपूर दैनिकमा प्रकाशित काटुन प्रति आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री ओलीले कार्टुन प्रति विमत्ति राख्दै भने – लोकतन्त्रका नाममा यसप्रकारका घृणित क्रियाकलाप गर्न,’ ‘राजतन्त्र भनेको एउटा प्रेत संस्था हो । त्यो प्रेत संस्थाको विकराल फोटो बनाउने र जनताबाट निर्वाचित जनप्रतिनिधित्व, गणतन्त्रको प्रतिक रहेको संस्थालाई प्रेत, सामन्ती संस्थाको लगेर खल्तीमा राख्ने ।’
आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुसँगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कान्तिपुर दैनिकको प्रथम पृष्ठमा प्रकाशित कार्टुनलाई लिएर आपत्ति जनाएका हुन् । प्रधानमन्त्री ओलीले यस्ता क्रियाकलाप लोकतन्त्रले दिएको स्वतन्त्रताको हकको दुरुपयोग भएको दाबी गरे ।



























