‘बिपी प्रतिष्ठानमा अक्सिजन अभाव छैन’

0
1049

इनरुवा, 

सुनसरीको धरान उपमहानगरपालिकास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभाव नरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा अक्सिजन पर्याप्त मात्रामा रहेको हुँदा समस्या नदेखिएकोे जानकारी दिनुभयो ।

अक्सिजन प्लान्टमा समस्या भए पनि बिरामीको उपचारका क्रममा वैकल्पिक व्यवस्था मिलाएर समेत अक्सिजनको सेवा दिन सकिने अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।

तत्काल १०० देखि १५० वटा सिलिण्डर अक्सिजन आवश्यक परेका खण्डमा उपलब्ध हुने अवस्था रहेको प्रजिअ ढकालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here