अदालतबाटै थुनुवा फरार

0
1471

महोत्तरी,
म्याद थपका लागि ल्याइएका एक जना थुनुवा आज महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार लागु औषध मुद्दामा पक्राऊ परेका गौशाला नगरपालिका–४ बस्ने १५ वर्षीय कमलेश साहलाई प्रहरीले आज म्याद थपका लागि लगिएकोमा उनी महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् ।

ईलाका प्रहरी कार्यालय गौशालाबाट म्याद थपका लागि गएका कमलेशले प्रहरीलाई शौचालय जाने भन्दै शौचालय पुगेपछि शौचालयको पर्खाल नाघेर भागेको जनाइएको छ । उनी गत शुक्रबार मात्रै औरही नगरपालिका–४ स्थित कठुधारचौकमा भारतबाट ल्याएको भारी मात्रामा लागु औषधसहित पक्राऊ परेका थिए । उनको खोजतलाशमा अहिले ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी टोलीका साथै जिल्ला प्रहरी कार्यालयबाट पनि व्यापक रूपमा प्रहरी परिचालन गरी उनको खोजतलाश भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here