निःशुल्क पीसीआर परीक्षणको लागि स्वाब संकलन शिविर सम्पन्न

0
617

अर्जुनधारा ।

नगरमा कोरोना संक्रमितहरुको संख्यामा वृृद्धी भएसँगै अर्जुनधारा–१० वडा समितिको आयोजनामा शनिबार निःशुल्क पीसीआर परीक्षणको लागि स्वाब संकलन शिविर सम्पन्न भएको छ ।

अर्जुनधारा–९, १० र ११का कोभिड–१९सँग मिल्दोजुल्दो लक्षण भएका वडावासीहरुलाई लक्षित गरि वडा समिति र दाताहरुको संयुक्त सहयोगमा उक्त शिविर सञ्चालन गरिएको वडाध्यक्ष बलदेवसिंह गोम्देनले बताए ।

शिविर सञ्चालन गर्न कनकाई कोटिहोम पीसीआर प्रयोगशालाका इञ्चार्ज शान्तिराम पोखरेलबाट ५० हजार रुपैयाँ, कर्मसेन गोम्देनबाट २५ हजार रुपैयाँ, उमेश खतिवडाबाट १० हजार रुपैयाँ र रामसिंह सिटौलाबाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको बताइएको छ ।

तीन वटा वडाका वडावासीहरुसँगै अन्य वडाका वडावासीहरुको पनि सहभागिता रहेको शिविरमा पीसीआर परीक्षणको लागि एक सय १६ जनाको स्वाब संकलन गरिएको बताइएको छ ।

सोही शिविरमा पुस्कर खतिवडाले कोभिड संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धी गर्ने औषधी वितरण गर्नुका साथै अर्जुनधारा–७ निवासी मृगौला फेल भई हाल उपचाररत् राजेश सुन्दासलाई नगद १० हजार प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here