बिर्तामोड ।

झापाको बिर्तामोड–३ युवाहरुले अग्रजको सम्झनामा सामाजिक तथा परोपकारी कार्यक्रम गर्न शुरु गरेका छन् ।
अग्रज समाजसेवी स्वर्गीयण् पशुराम सिटौलाको सम्झनमा युवाहरुले रहात बढेका छन् ।
उनीहरुले बिर्तामोड–४ स्थित परोपकार अनुसन्धान तथा वृद्धाश्रममा शनिबार खाद्यन्न वितरण गरिएको छ । युवाहरुले दाल, चिनी, सरफ,बिस्कुट, न्युटेला, मसला लगायतका सामाग्री प्रदान गरिएको युवा परिषद् झापाका अध्यक्ष समेत रहेका युवा मदन बुढाथोकीले जानकारी दिए । वृद्धाश्रममा सामाज सेवी जानुका थापा मगरको हातबाट सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो ।

त्यस्तै हाल बिर्तामोड–३ को कोभिड संक्रमण भएका विपन्न, र्दिघ रोगी, एकल महिला र मृत्यु भएका परिवारमा गरिब ३० परिवारलाई प्रत्येक परिवारलाई १० केजी चामल, एक पोका नुन, तेल, दाल, नुहाउने र लुगाधुने साबुन वितरण गरिएको बताइएको छ । सहयोगका लागि स्वत स्फूर्तरुपमा बिर्ताबजारका युवाहरुबाट संकलित रकम यस कार्यमा प्रयोग गरिएको हो ।
समाज सेवामा युवाहरु कोसिश घिमिरे, कैलाश प्रसाईं, मदन बुढाथोकी, सैलेन्द्र सिटौला, सजेश सिवाकोटी, पंङ्कज शिवाकोटी, विकाश पाठक, पदम प्रसाईं,जानुका थापमगर, भोजराज सिटौला, कुमार बुढाथोकी, गणेश ओली, गुञ्जन प्रसाईं, आकाश उप्रेती, सन्जिव घिमिरे, दिपेन्द्र राउत, प्रेम उप्रेती, राजिव उप्रेती,रोहित प्रसाईं भुपाल बुढाथोकीलगायतले सहयोग गरेका छन् ।
बिर्तामोड खानेपानीका उपाध्यक्ष समेत रहेका सिटौलाको गत वर्ष निधन भएको थियो ।






























