दुहागडी ।

कोरोना महामारी संगै रगत अभाव भइरहेको अवस्थामा झापाको दुहागडीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी दुहागडी उपशाखाको आयोजना तथा युवा रेडक्रस सर्कल दुहागडी र दुहागडी युवा समाजको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा मेचीनगर १४ नंं वडा कार्यलयमा भएको कार्यक्रममा १० महिला सहित ५५ जनाले रक्तदान गरेका थिए ।
संकलित सबै रगत रेडक्रस झापा शाखाको रक्त सञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको उपशाखाका सभापति गोपिराज मैनालीले बताएका छन ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल, शाखाका उपमन्त्री विश्व थापा, नगर परिषद सदस्यहरु लाल महमद मिया, सुरेस बुढाथोकी लगाएतले रक्तदाताहरुलाई धन्यबाद दिएका थिए ।






























