बिर्तामोडकाे अटो एम्बुलेन्स सेवा काेराेनाका बिरामीलाई बरदान सावित

0
1000

तुलसीप्रसाद निराैला
झापा,

बिर्तामोड नगरपालिका वडा नंं एकमा वस्दै आएकी रेवता भट्टराईलाई काेराेनाकाे शंका लाग्यो । उनलाई स्वाद हरायाे भने गन्ध समेत आउन छाड्यो। काेराेनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनले काेराेनाकाे पिसिआर परिक्षण गराउने निर्णय गरिन्।

पिसिआर परिक्षण गर्न मेची प्रादेशिक अस्पताल भद्रपुर जानुपर्छ कि कन्काई नगरपालिकाकाे काेटिहाेममा एकका लागि एक अभियानले सञ्चालन गरेकाे पिसिआर परिक्षण प्रयाेगशाला जानुपर्छ ‌।

ति दुवै ठाउँमा जान उनी सँग सवारी साधन थिएन। सरकारले जारी गरेको निषेधाज्ञाका कारण सवारी साधन नचल्दा र आफूसँग सवारी साधन नहुँदा उनी समस्यामा परिन्।

उनले आफुले चिनेजानेकाे अटाे चालकलाई फाेन गरिन् । तर कसैले नलगेपछि उनी झन् तनावमा परिन्। कसरी पिसिआर परिक्षण गर्ने भन्ने चिन्ताले उनलाई सतायाे । यस्तो अवस्थामा उनले साथीसँग मद्दत मागिन् ।

साथीले उनलाई बिर्तामोड नगरपालिकाले संचालन गरेको अटो एम्बुलेन्स सेवाका बारेमा जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा नाम टिपाउन भनिन्।

उनले अटो एम्बुलेन्स सेवाका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा नाम टिपाइन्। त्यहाँबाट अटाे चालक उद्र राजबंशी अटो लिएर आइपुगे र उनी कन्काई नगरपालिकाकाे काेटिहाेममा एकका लागि एक अभियानले सञ्चालन गरेकाे पिसिआर परिक्षण प्रयाेगशालामा पिसिआर परिक्षण गर्न गइन्।

काेराेनाले गाँजेकाे समयमा अन्य अटाे चालकले काेराेनाकाे बिरामी बाेक्न नमानि रहेको अवस्थामा बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको अटाे एम्बुलेन्स सेवाबाट सेवा लिन पाउँदा अाफुले गाैरबकाे अनुभूति गरेकाे उनले बताइन्।

बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको अटाे एम्बुलेन्स सेवा निशुल्क भएकाले विपन्न वर्गका परिवारका काेराेनाका बिरामीलाई अटाे एम्बुलेन्स सेवाले ठुलो राहत दिएको उनले बताइन्।

झापाको बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको गरेको अटो एम्बुलेन्स सेवा अहिले रेवताका लागि मात्र नभएर धेरै काेराेनाका बिरामीका लागि बरदान सावित भएको छ।

बिर्तामोड नगरपालिकाले दैनिक रु.१५०० दिने निर्णय गरेर चारजना अटो चालकलाई यो कामको जिम्मेवारी दिएकाे बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए।

दुईजनाले यो काम छोडेपनि हाल २ जना बिर्तामोड नगरपालिका वडा नं. ७ का भिमप्रसाद चिमरिया र बिर्तामोड नगरपालिका वडा नं.९ कोलाटोलीका उद्र राजवंशीले गत बैशाख २४ गतेदेखि अटाे एम्वुलेन्स सेवा दिँदै आएको उनले बताए।

आफुले गत बैशाख २४ गतेदेखि कोरोनाका बिरामीलाई सेवा दिइरहेकाे अटाे चालक उद्र राजवंशीले बताए। बिहान ७ बजे जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड पुग्नुपर्ने र ट्राफिक प्रहरी कहाँ फोन आएपछि त्यहाँमार्फत खटाईएको ठाउँबाट कोरोनाका बिरामी लिन जानुपर्ने उनले बताए।

बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म कारोनाका विरामी बोक्ने गरेकाे बताउँदै राजवंशीले झापा जिल्लाका गोलधाप, बिर्तामोड, बसपार्क, सैनिक, गरामनि लगायतका ठाउँबाट कोरोनाका बिरामीलाई पिसिआर परिक्षण , चेकजाँच गर्न लैजाने र चेकजाँचपछि घर पुर्याउने गरेकाे बताए।

घर परिवार र गाउँलेले यस्तो जोखिम काम गर्नु पर्दैन भन्दाभन्दै आफूले आफैलाई सुरक्षित गरी अटोचालक भएर पनि काेराेनाकाे महामारीमा मानवीय सेवा गर्न पाएकोमा गाैरवान्दित भएको उनले बताए।

बिर्तामोड नगरपालिकाले यो कार्य गरेबापत दैनिक रु.१५०० दिने निर्णय गरेपनि टाढा जाँदा भने तेल खर्च दिने सहमति भएको उनले बताए।

अटो चलाएर नै २ छोरी र श्रीमतीसहित आफ्नो जीवन गुजारा गर्दै आएकाे बताउँदै राजवंशीले बिर्तामोड नगरपालिकाले भनेको दिनसम्म यसरी नै कोरोनाका बिरामीको सेवा गरिरहने बताए।

अर्का अटोचालक भिमप्रसाद चिमरियाले कोराेनाका बिरामीकाे सेवामा तल्लीन भएर लाग्ने गरेको बताए।
काेराेनाकाे महामारीको समयमा जो कोहीले यस्तो जोखिम काम गर्न नचाहेको बेला बिर्तामोड नगरपालिकाले कोराेनाका बिरामीकाे सेवाका लागि सञ्चालन गरेको अटो एम्बुलेन्स सेवा दिन आफू सँधै तत्पर रहने उनले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय बिर्तामोड र अटोसँगसम्बद्ध बिभिन्न संघसंस्थाको समन्वयमा गत बैशाख २४ गतेदेखि बिर्तामोड नगरपालिकाले शुरू गरिएको अटाे एम्बुलेन्स सेवाबाट महिला र पुरुष गरी २ सय जनाभन्दा बढी कोरोनाका बिरामी लाभान्वित भएकाे बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए।

काेराेनाका बिरामीलाई पिसिआर परिक्षण गर्न , चेकजाँच गर्न लैजाने र चेकजाँचपछि घर पुर्याउने कार्य अटो चालकले गर्नुपर्ने उनले बताए।

झापाको बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको गरेको अटो एम्बुलेन्स सेवा निशुल्क भएकाले बढी भन्दा बढी सेवा लिन काेराेनाका बिरामीलाई नगर प्रमुख शिवाकोटीले आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here