साउदीमा रहेका मगरद्वारा अपाङ्गता र बिपन्न परिवारलाई खाध्यान्न सहयोग

0
862

ईलाम,

साउदी अरबको एक कम्पनीमा कार्यरत ईलाम माई-४ का एक युवाले स्थानीय २५ परिवारलाई मंगलबार खाध्यान्न सहयोग गरेका छन।

लकडाउनको समयमा समस्यमा परेका विपन्न तथा अपाङ्गता भएका परिवारलाई राहत सहयोग गरिदिने मनकारी मनसायका साथ स्थानीय शुक्रबारे बजारमा जन्मि हाल बिर्तामोड वस्दै आएका नरकुमार मगरले स्थानीय नमुना युवा क्लब, करुणा फाउण्डेसन नेपाल र स्थानीय युबाहरुको समन्वयमा ५० हजार मुल्य बराबरको खाध्यान्न सहयोग गरेको हुन ।

संस्थाका प्रतिनिधिको समन्वयमा नर कुमारका बुवा पुर्णबहादुर र छोरी मेनुकाले बिपन्न परिवारलाई खाध्यान वितरण गर्नु भएको थियो । सहयोग सामाग्रीमा २५ केजी चामल, १ पोका तेल, १ केजी दाल, १ केजी नुन, १ केजी आलु रहेको छ ।

बैदेशिक रोजगारीका शिलशिलामा साउदी अरवमा रहेका मगर विपन्न र भोका भएकाहरुलाई अावश्क परे थप सहयोग गर्न तयार रहेको बताउनुभयो । सहयोग सामाग्रीको सम्पुर्ण ब्यवस्थापन नरकुमारकी श्रीमति कविता मगरले गर्नु भएको थियो ।


सहयोग हस्तान्तरण कार्यक्रममा सहजीकरण करुणा फाउन्डेसन नेपालका समुदाय संयोजक विमल दहाल, नमुना क्लबका कोवित दहाल, श्याम मगर, ध्रुव सोराली, युवराज दहाल, भरत श्रेष्ठ, जीवन ढकाल, नबिन अधिकारी, टंक शर्मा , सोम घिमिरे, सन्जय दुलाल लगायतले गर्नु भएको थियो।

यसैबिच नरकुमारकै पहलमा सहयोगी मनहरुले राष्ट्रिय आविस्कर केन्द्रका संस्थापक महावीर पुनलाई नेपालको बिकट क्षेत्रमा केहि स्वास्थ सामग्री पूर्याऊन मद्दत गर्ने गरि साउदीअरबमै करिब ६ लाख ६६ हजार संकलन गरि सकेको र केहि दिनमानै हस्तान्तरण गर्ने बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here