विद्यालयमा पुस्तक वितरण शुरु

0
908

बिर्तामोड ।

शैक्षिकसत्र २०७८ का लागि विद्यालयमा पुस्तक वितरण शुरु गरिएको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले १, ३ र ६ कक्षाका नयाँ पाठयपुस्तकसहित कक्षा १० सम्मका पुस्तक सहजै उपलब्ध गराएको हो ।

विश्वले झेलिरहेका कोभिड–१९ महामारीको विद्यालय र विद्यार्थीहरुमा प्रत्यक्ष असर परेको र शैक्षिकसत्र बैशाखबाट शुरु हुने भएता पनि यो महामारीको कारण सरकारले असार १ गतेदेखि विद्यार्थी भर्ना सञ्चालन गरेको अर्जुनधारा नगर शिक्षा प्रमुख उप सचिव तोयानाथ रेग्मीले बताए ।

पुस्तक विद्यार्थीहरुको हात–हातमा सहजै प्राप्त होस भनेर पूर्वाञ्चल डिलर हलेसी पुस्तक पसलका सञ्चालक युवराज डाँगीले विद्यालयहरुमा पुगी सकेको बताए ।

पुस्तक प्राप्त भए पनि विद्यालय कहिलेदेखि र कसरी व्यवस्थापन गरी सञ्चालन गर्ने भन्ने बिषयमा स्थानीय निकायले भने निर्देशन नगरेको भानु मा विका प्रअ रुपक दाहालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here