भीरबाट लडेर वडासदस्यको मृत्यु

0
364

जाजरकोट,

भीरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ ।

भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उहाँ लडेर घाइते हुनुभएको थियो ।

घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here