मोरङ।

मोरङको रंगेली ननगरपालिका–६ मलङ्गथान स्थितमा रहेको पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक चटयाङ्ग पर्दा एक जनाको मृत्यु र ४ जना घाईते भएका छन् ।
बुधबार दिउसो साढे १ बजे परेको चट्याङबाट गम्भिर घाईते भएका सोही स्थानका २० बर्षीय नितेश रायको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको थियो भने सोही स्थानका ४५ बर्षीय अशोक मण्डल, १७ बर्षीय बिजय मण्डल, २२ बर्षीया संगिता राय, र २७ बर्षीय रबिन मण्डल घाईते भएका हुन् ।
घाईतेहरुको रङेली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।































