गाउँसभामा उत्कृष्ठ कर्मचारी र शिक्षकलाई पुरस्कृत गरिने

0
571

उमानाथ भण्डारी, कमल ।

कमल गाउँपालिकाले नवौं गाउँसभामा उत्कृष्ठ कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्ने भएको छ ।

कमल गाउँपालिकाले आगामी असार ११ गते हुने नवौं गाउँसभामा गाउँपालिकामा कार्यरत उत्कृष्ठ कर्मचारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सम्मान गर्ने निर्याण गरेको छ ।

गाउँपालिका कार्यपालिकाको बैठकले उत्कृष्ठ कर्मचारीतर्फ योजना शाखाका अधिकृत रामचन्द्र गजुरेललाई नगद २० हजार रुपैयाँका साथै सम्मान पत्रबाट पुरस्कृत गरिने र कर्मचारी पुरस्कारतर्फ तोपगाछी स्वस्थ्य चौकीमा ल्याव असिन्टेडमा कार्यरत गीता न्यौपानेलाई पुरस्कृत गरिने बताइएको छ ।

त्यस्तै सहायक महिला विकास निरिक्षक रेनुका गौतम, वडा नम्वर २ का वडा सचिव देवीप्रसाद फुयाल, वडा नम्वर ५ का कार्यरत कार्यलय सहयोगी अनिता ताजपुरीयालाई जनही १० हजार रुपैयाँ र सम्मानपत्रद्वारा पुरस्कृत गरिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी सामुदायिक विद्यालयका शिक्षकतर्फ महेन्द्र रत्न माध्यमिक विद्यालय कमल–२ मा कार्यरत शिक्षक प्रदिप राई, कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय कमल–२ मा कार्यरत शिक्षक पुस्ता राईलाई पुरस्कृत गरिने बताइएको छ ।

त्यस्तै बालविकास केन्द्र अन्तर्गत ज्योति आधारभूत विद्यालय कमल–४ मा कार्यरत विमला सापकोटा र मंगलमय माध्यमिक विद्यालय कमल–५ मा कार्यरत संचिता राजवंशीलाई जनही १० हजार रुपैयाँ र सम्मानपत्रद्वारा पुरस्कृत गरिने अधिकृत श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here