कोराना नियन्त्रणको कार्यमा सहयोगीको भूमिका निर्वाह गर्ने युवालाई सम्मान

0
671

जलेश्वर, 

कोराना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको कार्यमा सहयोगीको भूमिका निर्वाह गर्ने युवालाई सम्मान गरिएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका—२ का वडाध्यक्ष बरुणकुमार दाहालले कोभिड—१९ महामारीका बेला खान बस्नलगायत समस्या भएकाहरुलाई सहयोग गरेकाले यहाँका १३ युवालाई आज सम्मान गर्नुभएको हो ।

युवाको सो समूहले कोरोना महामारी नियन्त्रण र व्यवस्थापन समिति बनाएर जलेश्वर अस्पतालमा उपचारका लागि आउने कोरोना भाइरस सङ्क्रमित बिरामी, त्यसका कुरुवा, उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई १६ दिनसम्म दुबै छाक खाना खुवाएका थिए । यसैगरी सो समूहले बाटोघाटो, मन्दिर, पाटीपौवामा बेवारिसे जीवन विताइरहेका, अति गरिब, विपन्न रिक्सा तथा ठेला चालकलगायतका व्यक्तिलाई पनि उक्त अवधिमा खाना खुवाउनुका साथै राहत प्रदान गरिएको थियो ।

त्यस्तै सो समूहले निषेधाज्ञाको अवधिमा रोजगारी गुमाएका गरिब, विपन्न नागरिकलाई जिल्लाको विभिन्न स्थानमा पुगेर राहत प्रदान गरेको थियो । युवाको सो समूहले दाताहरुबाट रु. १ लाख ३० हजार सहयोग सङ्कलन गरेर कोरोना महामारीमा समस्यामा परेकालाई सहयोग गरेका छन् ।

सम्मान कार्यक्रममा जलेश्वर नगरपालिकाकाप्रमुख रामशंकर मिश्र, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष कमलेश मण्डल, सहसचिव सञ्जीत मण्डललगायतका वक्ताहरुले युवाको सो कार्यको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि युवाले विपद् व्यवस्थापन सहयोग गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here