बाह्रदशीमा पूर्वाधार विकासमा जोड

0
1129

झापा, यो वर्षपनि कोभिडको महामारीकै बीच आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि झापाका स्थानीय तहले वजेट सार्वजनिक गरेका छन् । यसैबीच बाह्रदशी गाउँपालिकाले पनि पूर्वाधार विकासलाई नै प्राथमिकतामा राखेर वजेट सार्वजनिक गरेको हो ।
बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गाउँ सभाको उद्घाटन गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेस वाह्रदशी सभापति ओम प्रकाश गौतम, खेलकुद विकास समितिका अध्यक्ष देवेन्द्र चम्लगाई, डाँगीवारी पूर्व अध्यक्ष लक्ष्मण पाठक, जसपाका नेता सूर्यनारायण गणेश, माओवादीका प्रेम पौडेल, नेपाल रेडक्रस सोसाईटी बाह्रदशीका रमेश अधिकारी, उद्योग वाणिज्य संघ वाह्रदशीका अध्यक्ष खगेन्द्र कार्की लगायतले बोलेका थिए ।
वाह्रदशी गाउँपालिकाका प्रवत्ता तथा वडा नम्वर १ का वडा अध्यक्ष सम्भूसिंह राजवंशीले कार्यक्रम सञ्चालन गरेका थिए ।
गाउँपालिकाले सार्वजनिक गरेको निती कार्यक्रम यस्तो छ –ः

“स्वास्थ्य र शिक्षा समृद्धिको आधार, कृषि पर्यटन र पूर्वाधार”

नीति तथा कार्यक्रम : श्री उपाध्यक्ष ज्यू, सम्पूर्ण सभासद् ज्यूहरु, कर्मचारी तथा सञ्चारकर्मी र उपस्थित बाह्रदशी बासी आमा,बुवा,दाजू, भाई तथा दिदी बहिनीहरु ।
जननिर्वाचित सर्वोच्च संस्था संविधानसभाबाट २०७२ आश्विन ३ गते जारी भएको नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको अधिकारबाट प्राप्त स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सो को परिधि भित्र रहि बनेका विभिन्न नीति नियम,कार्यविधिहरुको कार्यान्वयन गर्दै आज यस नवौ गाउँ सभामा आर्थिक वर्ष २०७८÷२०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुशी अनुभूत भएको छ । देशमा माहामारीको रुपमा फैलिएको कोरोना भाईरस १९ ले पु¥याएको नकारात्मक प्रभावका कारण आक्रान्त बनेको हालको परिस्थितिमा विगत वर्ष झै सहज परिस्थिति बन्न सकिरहेको छैन । यस माहामारीका कारण मृत्यू भएका सम्पूर्ण ब्यक्तिहरुप्रति भावपूर्ण श्रध्दाञ्जली तथा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछु ।
नेपाली जनताको लामो सघर्ष पश्चात देश संघियतामा गएको छ । देशको सर्वाङ्गिण विकासका लागि ३ वटा सरकार मध्ये स्थानीय सरकारको महत्वपूर्ण भूमिकामा रहेको छ । स्थानीय क्षेत्रलाई आत्मनिर्भर नबनाई विकास संभव छैन । यस तथ्यलाई ह्रदयगम गरी स्थानीय सरकारलाई अधिकार सम्पन्न गराईएको छ । नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४ को अधिकार क्षेत्र भित्र रहि स्थानीय तहलाई सफल, स्थिर र दिगो बनाउदै जनतालाई अधिकतम सेवा सुविधा तथा विकास दिनु कार्यमा हाम्रो दायित्व बढ्दै गएको छ । यी दायित्व पुरा गर्न हामीले हाम्रो आन्तरिक आम्दानीका स्रोतहरुको दायरालाई फराकिलो बनाउदै सम्बृद्ध र आत्मनिर्भर बाह्रदशी गाउँपालिका निर्माणको महान अभियानमा निरन्तर कोशिश गरिरहेका छौ । जसका लागि सबैको निरन्तर सहयोग र प्रतिवद्धताको अपेक्षा गर्दछु ।
गाउँ सभा सदस्यज्यूहरु
अव म आर्थिक वर्ष २०७८÷२०७९ को क्षेत्रगत एवम् प्राथमिकताका आधारमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

१) भौतिक पूर्वाधार विकास सम्बन्धि नीति तथा कार्यक्रम

१. पूर्वाधारका क्षेत्रमा संचालनमा रहेका महत्वपूर्ण योजनाहरु समयमै सम्पन्न गरी आर्थिक बृद्धिको सुदृढ आधार तयार गरिनेछ ।
२. श्रोत साधन र जनशक्ति परिचालन र अनुगमनको विशेष ब्यवस्था गरी बाँकी रहेका पूर्वाधारका कार्यक्रमलाई समेत अगाडी बढाइनेछ ।
३. आगामी आ.व. २०७८÷७९ का लागि वडा स्तरिय योजना तथा कार्यक्रमहरु सन्चालन गर्नका लागि प्रत्येक वडा लाई सूत्रका आधारमा बजेट बाँडफाँड गर्ने गरि बजेट विनियोजन कार्यलाई निरन्तरता दिइएको छ । सुत्रलाई विश्वसनीय बनाउन आगामी दिनमा थप छलफलहरु गरिने छ ।

४. वडाबाट प्राप्त हुने योजनाहरुमध्ये १ लाख भन्दा कमका आयोजना सन्चालन नगरिने नीति लिइएको छ । स्थानीय राजश्वको आकार, संघ तथा प्रदेश सरकारबाट बजेट थप प्राप्त भै कूल बजेटको आकार वृद्धि भएमा पूजीगत बजेट वृद्धि गर्दै जाने व्यवस्था मिलाइने छ ।
५. “वडा विकासमा हातेमालो अभियान ” सञ्चालनको व्यवस्था मिलाई आफ्नो वडाको विकासमा वडावासीको अपनत्व ग्रहण गर्ने अभियान सन्चालन गरिने छ । उपभोक्ताबाट सन्चालन हुने योजनामा प्रत्येक घरधुरीको जनसहभागीता सुनिश्चित हुने व्यवस्था मिलाईने छ । यसको लागि प्रत्येक टोलमा टोलविकास संस्था गठन गरि वडा विकासमा टोलविकास संस्थालाई परिचालन गरिनेछ ।

६. ठूला स्ट्रक्चरका आयोजना वा ठूला मेशिन प्रयोग हुने वा उपभोक्ताको जनश्रमदानबाट सन्चालन हुन नसक्ने जटिल प्रकृतिका कार्यहरु उपभोक्ता मार्फत आयोजना सञ्चालन गरिने छैन ।

७. यस गाउँपालिकाको यातायात गुरुयोजना निर्माण भैसकेकोले सडक तथा घरहरु निर्माण गर्दा बाटोहरुको Right Of way अनुसार निर्माण गर्नु पर्ने व्यवस्थालाई कडाईका साथ लागु गरिनेछ ।

८. रु.३ लाख भन्दा बढीका लागत अनुमान भएका योजना संचालन गर्दा आयोजनाको कार्य सुरु सँगै अनिवार्य रुपमा आयोजना सुचना पाटी टाँस गर्नुपर्ने नियमलाई कडाइका साथ कार्यान्वयन गरिनेछ । सूचना पाटी टाँस नगर्ने आयोजनाको प्राविधिक मूल्यांकन नगरिने व्यवस्था मिलाइने छ । पुर्वाधार निर्माणसँग सम्वन्धित कार्यको गुणस्तर कायम गर्न ल्याव टेस्ट गर्नु पर्ने व्यवस्था निरन्तर रहने छ । अनुगमन, सुपरिवेक्षण जस्ता कार्यलाई नियमित रुपमा सन्चालन गरिने छ । साथै योजनाको अन्तिम भुक्तानी गर्नु पूर्व सार्वजनिक परिक्षण, काम शुरु हुनुभन्दा अगाडी, काम सुरु हुँदै गरेको र काम सम्पन्न भएपछिको अवस्था झल्काउने फोटोहरु अनिवार्य रुपमा उपभोक्ता समितिले पेश गर्नुपर्ने व्यवस्था कडाइका साथ लागु गरिने छ ।
९. निर्माण सुरु भएका बाटोहरुको स्तरोन्नतीलाई जोड दिइने छ । नयाँ ट्रयाक खोल्नु पर्दा सम्भाव्यता अध्ययन कार्य -Feasibility study गरेर मात्र ट्रयाक खोल्ने व्यवस्था मिलाईने छ ।
१०. यस गाउँपालिका भित्र बन्ने घरहरु भूकम्प प्रतिरोधी हुन भन्ने उद्देश्यले भवन निर्माण आचारसंहिता -Building Code लाई पूर्ण पालना गर्ने व्यवस्था मिलाइएको छ । गाउँपालिकाको भवन निर्माण कार्यविधि निर्माण नभए सम्मको लागि वस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२, भवन निर्माण संहिता २०६० -NBCलाई आधार मानी घर नक्सा पास प्रकृया अगाडि बढाइएको छ साथै भूकम्प प्रतिरोधी घर निर्माणका लागि सचेतना कार्यक्रमहरु र दक्ष जनशक्ति निर्माणका तालिम सन्चालनको व्यवस्था मिलाइने छ । गाउँपालिका क्षेत्र भित्र बन्ने घरहरु अनिवार्य रुपमा गाउँपालिकाबाट इजाजत लिनु पर्ने छ ।बिना इजाजत घर निर्माण गर्ने र पछि नक्शा पास इजाजत माग गर्ने व्यवस्था निरुत्साहित गरिने छ । तालिम प्राप्त कालिगढ को अभिलेख तयार गरिनेछ प्रमाण पत्र प्राप्त कालिगढ मार्फत घर बनाउने व्यवस्थालाई अनिवार्य गर्ने व्यवस्था क्रमश लागु गरिने छ । घर नक्सा अभिलेखीकरणको कार्यलाई निरन्तरता दिइनेछ ।
११. अधुरा आयोजनाहरुलाई प्राथामिकतामा राखी वहुबर्षीय आयोजनाको रुपमा आगामि आ.व मा सम्पन्न गर्ने नीति लिइएको छ ।
१२. सडक तथा सार्वजानिक क्षेत्रहरुमा अनावश्यक रुपमा निर्माण सामाग्री, पशु चौपया साथै अव्यवस्थित यातायताका साधनहरु, कृषिजन्य सामाग्रीहरु राख्ने कुरा लाई निरुसाहित गरिनेछ ।
१३. गाउँपालिका क्षेत्र भित्रका सडकका पेटीका किनार वृक्षारोपण गरी हरीयाली प्रर्वद्धन गरिनेछ ।
१४. उज्यालो बाह्रदशी विशेष अभियानका बाँकी कामहरु सम्पन्न गर्न पहल गरिनेछ ।
१५. राजगढ बजार लाई स्र्माट सिटिको रुपमा विकशित गर्दै अन्य बजारहरुको आवश्यक पूर्वाधार पुरा गर्ने पहल गरिनेछ ।
१६. यस गापाको आविधिक गुरु योजना निर्माण कार्य तयार गर्ने कार्य संचालनमा रहेकोमा आगामी आ.व देखि वार्षिक बजेट तथा कार्यक्रम सो गुरुयोजना लाई समेत ध्यानमा रखि तयार गरिनेछ ।
१७. गाउँपालिका अन्तर्गतका सबै वडाकार्यालयहरु निर्माण कार्य सम्पन्न गरिनेछ साथै गाउँपालिका प्रशासनीक भवन निर्माणको लागि संघ र प्रदेशसँग आवश्यक पहल गरिनेछ ।
२) सामाजिक विकास सम्बन्धि नीति तथा कार्यक्रम
क) शिक्षा
१) सामुदायिक विद्यालय सुधारका लागि विशेष अभियान संचालन गरिने छ । विद्यार्थीहरु केन्द्रित कार्यक्रम संचालन गरि कक्षा कोठाको सिकाईलाई प्रभावकारी बनाउदै शैक्षिक उपलब्धिमा वृद्धि गरिने छ ।
२) शिक्षाको गुणस्तर सुधार गर्नका लागि सरोकारवालाहरुको सहभागितामा विशेष कार्यक्रम बनाई लागू गरिने छ । नमुना विद्यालय तथा वालविकास केन्द्र स्थापना गर्न प्रोत्साहित गरिने छ ।
३) सामुदायिक विद्यालयहरुलाई समय सापेक्ष सुचना प्रविधि मैत्री बनाउदै शिक्षण सिकाईमा आवद्ध गरिने छ । कम्प्यूटर शिक्षा र अंग्रेजी माध्यमबाट अध्यापन गराउन प्राथमिकता दिईने छ ।
४) कक्षा स्तर उन्नति भएका तथा विषयगत शिक्षक अभाव भएका विद्यालयहरुमा दक्ष विषयगत शिक्षकको ब्यवस्थापनलाई निरन्तरता दिईने छ ।
५) कार्य सम्पादानमा आधारित करार संझौताबाट प्राप्त उपलब्धिका आधारमा विद्यालय तथा शिक्षकहरुलाई पुरस्कार तथा दण्डको ब्यवस्था मिलाईने छ ।
६) सामुदायिक विद्यालयका कार्यरत वाल विकास केन्द्रका शिक्षक र कर्मचारीहरुको सुविधामा वृद्धि गरी सिकाई समयलाई विस्तार गरिने छ । साथै सवै वाल विकास केन्द्रको मूल्यांकन गरी आवश्यकता र औचित्यका आधारमा स्थानान्तरण गरिने छ ।
७) विद्यालयको भौतिक पूर्वाधार विकासलाई निरन्तरता दिईने छ । सबै विद्यालयहरुमा शुद्ध पिउने पानी, शौचालय, खेल मैदान तथा खेल सामग्री, फुलवारीको ब्यवस्था सहित माध्यमिक तहमा विद्युतीय पुस्तकालय, कम्प्यूटर तथा विज्ञान प्रयोगशाला स्थापनामा प्राथमिकता दिईने छ ।
८) माध्यमिक तह सञ्चालित विद्यालयहरुमा गा.पा.भित्रका मा.वि. दरवन्दीलाई शि.वि.तथा स.ई.सँग आवश्यक समन्वय गरी मा.वि. दरवन्दी मिलान गरि मा.वि. विद्यालयहरुको नेत्तृत्व सवल र सक्षम बनाईने छ ।
९) परम्परागत धार्मिक तथा संस्थागत विद्यालयहरु प्रति अपनत्वको विकासमा जोड दिईने छ ।
ख) स्वास्थ्य
१) सबै वडाहरुमा स्वास्थ्य संस्था स्थापना गरी आवश्यक जनशक्ति सहित आधारभूत स्वास्थ्य सेवा सञ्चालन गरिने छ । साथै पालिका स्तरीय १५ शैयाको बाह्रदशी अस्पताल निर्माण प्रकृयामा रहेकोले शिघ्र निर्माण सम्पन्न गर्न प्राथमिकता दिईने छ । चालु वर्षको शुरुवातमै वडा नं १ र ७ मा नयाँ भवन निर्माण कार्य सम्पन्न भईसकेकाले औषधि र स्वास्थ्यकर्मी सहित अधारभूत स्वास्थ्य केन्द्र संचालन गरिनेछ ।
२) वर्थिङसेन्टरहरुमा भौतिक सुविधा थप गर्दै संचालनको क्रममा रहेका २ वटा स्वास्थ्य संस्थाहरुमा नि ः शुल्क स्वास्थ्य सेवा संचालनका लागि आवश्यक औषधी तथा सामग्रीहरुको सुनिस्चितता गरिनेछ ।
३) स्वस्थ प्रवद्र्धन कार्यक्रमहरु प्रदेश सरकार तथा गैरसरकारी संस्थाहरुसंगको लागत सहभागितामा संचालन गरिनेछ ।
४) आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती जाँच सेवा, सुत्केरी गराउने सेवा तथा सुत्केरी जाँच सेवा लगायतका सेवाहरुलाई निरन्तरता दिईनेछ । साथै महिला स्वास्थ्य स्वयम् सेविका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न निरन्तरता दिईने छ ।
५) पूर्ण खोप सुनिश्चतता गर्ने अभियानलाई प्रभावकारी रुपमा संचालन गरिनेछ ।
६) कुष्टरोग, क्षयरोग, औलो , कालाजार, डेन्गु, एच आइ भी एड्स जस्ता सरुवा रोग नियन्त्रण गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्दै लगिने छ ।
७) सबै वडाहरुमा स्वास्थ्य संस्थाहरुमा न्यूनतम उपकरणहरुको ब्यवस्थापन गर्दै विविध परीक्षण , निःशुल्क औषधी वितरण ,स्वास्थ्य शिक्षा लगायतका सेवालाई प्राथमिकता दिईने छ ।
८) गाउँपालिका क्षेत्र भित्र एम्बुलेन्स सेवा विस्तार गरिने छ ।
९) स्वास्थ्य सेवा सहज प्राप्त गर्न नसकेका नागरिकहरुले स्वास्थ्य सेवा सहज रुपमा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले विभिन्न किसिमका स्वास्थ्य शिविरहरु सबै वडाहरुमा सन्चालन गर्नका लागि आवश्यक व्यवस्था मिलाईनेछ । साथै गरिव तथा विपन्न वर्गका नागरिकहरुलाई स्वास्थ्य विमा कार्यक्रम पहुँचमा ल्याईने छ ।
१०) स्वास्थ्य प्राविधिक कर्मचारीहरुको क्षमता विकासका लागि आवश्यक तालिम कार्यक्रम सन्चालन गरिनेछ ।
११) आयुर्वेद सेवालाई प्रभावकारी तथा परिणाममुखी बनाउन गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम र पंचकर्म (पूर्व कर्म) सेवालाई सबै वडामा विस्तार गरिनेछ ।
१२)योग तथा मनो परामर्शका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ गर्न नियमित रुपमा कार्यक्रम सञ्चालन गरिने छ । साथै विषेशज्ञहरुद्वारा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिने छ ।
१३) आयुर्वेद चिकित्सा प्रणाली मार्फत विविध परीक्षण गरी निःशुल्क आयुर्वेदिक औषधी वितरणको ब्यवस्था मिलाईने छ ।
ग) महिला , वालवालिका , जेष्ठ नागरिक अपाङ्ग तथा लक्षित वर्ग
सामाजिक समावेशीता अभिवृद्धि विशेष अभियान
१. एकल महिलाहरुको तथ्यांक संकलन गरि उनीहरुलाई आयआर्जनमा वृद्धि गर्न मागको आधारमा आवश्यक सीप विकास तालिमका कार्यक्रमहरु सन्चालन गरीनेछ ।
२. जेष्ठ नागरिकहरुको स्वास्थ्य सुधारको लागि स्वास्थ्य केन्द्रमा कार्यरत प्राविधिक जनशक्तिको परिचालन मार्फत जेष्ठ नागरिक घुम्ती स्वास्थ्य कार्यक्रमको व्यवस्था मिलाईने छ ।
.३. बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्नका लागी प्रत्येक विद्यालयमा बाल क्लव गठन गरि पालिकास्तरको बालसञ्जाल गठन गरि कृयाशील गराइनेछ ।
४. बाह्रदशी गाउँपालिका क्षेत्र भित्र बाल श्रमिक राख्न निषेध गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । यसको लागि उद्योग वाणिज्य संघ र अन्य सरोकारवाला संघ संस्थाहरुसँग सहकार्य गरिनेछ ।
५. विपन्न वर्गका महिला, आदिवासि जनजाति, मुस्लीम, लोपन्मुख, दलित एवं पिछडा वर्गका महिलाहरुको उत्थानको लागि सम्वन्धित वर्ग वा पक्षवाट माग भई आएका एवं जीवनस्तर सुधार हुन सहयोग पुग्ने आयमूलक एवं सीपमूलक योजना तथा कार्यक्रमहरु कार्यन्वयन गर्न वजेटको ब्यवस्थापन गरिनेछ ।
६. स्थानीय मेलमिलाप केन्द्रको व्यवस्थापनमा सहयोग गरिनेछ । साथै मेलमिलापकर्ताहरुलाई पुर्नताजगी तालिम दिने व्यवस्था मिलाईनेछ । जनप्रतिनिधि तथा सरोकारवाला नागरिकहरुलाई देवानी तथा फौजदारी कानून सम्बन्धी जानकारी दिलाउन न्यायिक समिति मार्फत जानकारीमूलक सचेतना कार्यक्रम सन्चालन गरिनेछ । न्यायिक समितिको क्षमता विकासको लागि विभिन्न किसिमका तालिमहरु सन्चालन गरिनेछ । न्यायिक इजलासको स्तरोन्नतीको व्यवस्था मिलाइनेछ ।
७. पालिका भित्र रहेका अपांगता भएका व्यक्तिहरुको पहिचान गरी सीप मूलक तालिम दिई व्यवसायिक बनाउने नीति अवलम्वन गरिनेछ ।
८. लौंगिक हिंसा विरुद्द हुने सबै किसिमका गतिविधिहरुलाई निरुसाहित गर्न आवश्यक पहल गरिनेछ साथै सुचना संकलण तथा सम्प्रेषणको लागि सूचना केन्द्र स्थापना गर्न पहल गरिनेछ ।
घ) आदिवासी जनजाती, दलित, पिछडा वर्ग, मुस्लिम तथा अन्य समुदाय सम्बन्धि
१. आदिवासी, जनजाति समूदायको भाषा, सँस्कृति, भेषभूषा संरक्षणको लागि सहयोग गरिने
छ । साथै विभिन्न जातजातीका सँस्कृति जोगाउने कार्यक्रमहरु सन्चालन गर्न बजेटको व्यवस्था मिलाईनेछ ।
२. लोपोन्मुख समूदायले मनाउने सँस्कृति पर्व उत्सव एवं नाचहरुलाई उत्थान गर्नका लागि आवश्यक सहयोग गरिनेछ ।
३. आदिवासी, जनजाती, मुस्लिम, पिछडा वर्ग, मधेसी, लोपोन्मुख एवं दलित समुदायका युवा युवतीहरुलाई रोजगारी उन्मुख हुने किसिमका सीप मुलक तालिम सन्चालन गर्ने व्यवस्था मिलाईने छ ।
ङ) युवा तथा खेलकुद सम्वन्धि
१. प्रत्येक पालिका एक खेल मैदान को अवधारणा अनुसार वडा नं.२ मा रहेको खेलमैदानलाई स्तरोन्नती गरिनेछ । पालिका स्तरीय अध्यक्ष र उपाध्यक्ष कप फुटवल र भलिवल खेल संञ्चालन गरिनेछ ।
२. युवाहरुलाई रोजगारी उन्मुख गराई आत्मनिर्भर बनाउन युवा स्वरोजगारमूलक कार्यक्रमहरु सन्चालन गर्दै जाने व्यवस्था मिलाईनेछ । युवा लक्षित गरि उद्यम विकास तालिम सन्चालन गरिनेछ ।
३. युवाहरुलाई संगठित गरी विविध युवा लक्षित कार्यक्रम सञ्चालन गर्दै युवाहरुलाई सामाजिक विकासमा हातेमालो अभियायन सबै वडाहरु मार्फत सन्चालन गरिनेछ ।
४. फुलबारी कभडहल लाई थप व्यवस्थित गरिनेछ ।
३) वन, वातावरण, विपद् ब्यवस्थापन तथा पर्यटन सम्बन्धि नीति तथा कार्यक्रम
क) वन
१. वृक्षारोपणका लागि वन कार्यालय तथा सामुदायिक वनहरुसँग समन्वय गरि विरुवाहरु सहज रुपमा प्राप्त गर्ने व्यवस्था मिलाइनेछ । सामुदायिक वनबाट प्राप्त हुने १० प्रतिशत रकमलाई वृक्षारोपण कार्यमा खर्च गर्ने व्यवस्था मिलाईनेछ ।
२. अनियन्त्रित वन फडानी आगलागी जस्ता कार्यहरुलाई नियन्त्रण गर्न दण्ड जरीवानालाई प्रभावकारी कार्यन्वयन गर्ने व्यवस्था मिलाइनेछ । सामूदायिक वनको व्यवस्थापनमा वन समितिलाई अझ बढी जिम्मेवार बनाईने छ । वन उभोक्ता समिति र वनउपभोक्ताहरुलाई वन संरक्षण सम्वन्धि अभिमुखिकरण तालिम संचालन गर्न वन कार्यालयसँग समन्वय गरिनेछ ।
३. वडाहरुको प्रत्यक्ष सुपरिवेक्षणमा रहने गरि सार्वजनिक पर्ती खाली जग्गाहरुलाई संरक्षण गर्न, वातावरण संरक्षण र जलवायु परिवर्तनलाई सहयोग पुग्ने गरि औषधिको गुणयुक्त वनस्पती, जडिबुट्टीजन्य विरुवाहरु तथा दुर्लभ विरुवाहरु रोप्ने अभियान सन्चालन गरिनेछ ।
ख) वातावरण
१. वातावरण संरक्षणका लागि हाल यस गाउँपालिका क्षेत्र भित्र प्लाष्टिक निषेधित अभियान सरोकारवाला सबै निकायसँग हातेमालो गरि अगाडि बढाइने छ ।
२. राजगढ बजार लगायत अन्य विभिन्न बजार, चोक बजार र सार्वजनिक स्थानहरुको फोहोर व्यवस्थापनलाई सघाउ पुर्याउन फोहोर संकलन र विसर्जन गर्ने स्थलको खोजी गरि फोहोर व्यवस्थापन कार्यको थालनी गर्न सम्भाव्यता अध्ययन गरिनेछ । घरको फोहोरलाई सकेसम्म घरमा नै व्यवस्थापन गर्न आवश्यक तालिम र सचेतना कार्यक्रम सन्चालन गरिनेछ । उत्सर्जन हुने फोहोर लाई स्रोत मै कुहिने र नकुहिने गरी छुट्टाछुट्टै संकलन गर्न सचेतना अभिबृद्धिका कार्यक्रहरु सन्चालन गरिनेछ ।
३. मुख्य बजार क्षेत्रमा सार्वजनिक खानेपानी सहितको शौचालय निर्माण गर्नका लागि जग्गाको खोजि र सम्भाव्यता अध्ययन गरिनेछ ।
४. गा पा क्षेत्रभित्र रहेका नदिजन्य पदार्थको उत्खनन गर्दा अनिवार्य रुपमा क्ष्भ्भ् को अवधारणा लाई कडाईका साथ लागु गरिनेछ ।
ग) विपद् ब्यवस्थापन
१. स्थानीय विपद व्यवस्थापन समितिलाई क्रियाशिल बनाइनेछ । विपद्को समयमा उद्धार गर्न नेपाल रेडक्रस सोसाईटी, जनपथ प्रहरी, स्थानीय शसस्त्र प्रहरी युनिटसँग समन्वय गरि आसपासका वडाहरुमा युवा जनशक्तिलाई विपद पुर्वतयारी र उद्धार संवन्धि तालिमको ब्यवस्था मिलाइनेछ । खुल्ला स्थानको छनोट र घोषणा गरी सम्बन्धित वडा कार्यालयमा सूचिकृत गरिनेछ । रेडक्रससँग समन्वय र सहकार्य गरि प्रत्येक वडा समेटीने गरि प्राथमिक उपचार सम्बन्धी तालिम सन्चालन गरिनेछ ।
२. स्थानीय विपद जोखिम योजना बनाई कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ । गाउँपालिकामा स्थापना भएको विपद ब्यवस्थापन कोषको लागि आवश्यक बजेटको व्यवस्था मिलाइने छ । यस कोषबाट आवश्यकता अनुसार उद्धार, राहत, क्षतिपूर्ति तथा विपद्सँग सम्बन्धित विषयमा मात्र खर्च गरिनेछ ।
घ) पर्यटन
१) धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठाउँहरुको संरक्षण गर्दै पर्यटनको सम्भावना भएका क्षेत्रहरुको अध्ययन गरी पर्यटकीय स्थलको विकास एवं पर्यटन प्रवद्र्धनका कार्यलाई प्राथकिताका साथ कार्यान्वयन गरिनेछ ।
२. बाह्रदशी डाँडामा भ्यू टावर निर्माण कार्य शुरु भएकोले वहुवर्षीय योजनामा समावेश गरी निर्माण कार्यलाई निरन्तरताका लागि पहल गरिनेछ ।
३ वडा नं. २ मा रहेको त्रिवेणी धाममा धार्मिक तथा पर्यटकिय पूर्वाधार निर्माण गर्न पहल गरिनेछ । साथै उक्त धार्मिक क्षेत्रमा शौक्षिक संस्था स्थापना गरि गुरुकुलमा आधारित पठनपाठनको व्यवस्था मिलाईनेछ ।
४. वडा नं. १ मा रहेको साधुपर्ती झीलमा रहेको सीमसारको संरक्षण र पर्यटकीय पूर्वाधार निमार्ण गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सँग ७०÷३० को साझेदारीमा काम शुरु भएकोमा उक्त क्षेत्र क्रमागत रुपमा डिपिआर बमोजिम निर्माण गर्न आवस्यक व्यवस्था मिलाईएको छ ।
४) सार्वजनिक सेवा तथा क्षमता विकास सम्बन्धि नीति तथा कार्यक्रम
१. गाउँपालिका र वडा कार्यालयहरुबाट प्रदान हुने सेवाहरुलाई क्रमशः सूचना प्रविधि मैत्री बनाउदै लगिने छ र कार्यालयमा छिटो छरितो ढंगले सेवा प्रवाह गर्न आवश्यक सफ्टवेर जडान गरिनेछ ।
२. छिटो छरितो सेवा प्रवाहमा विशेष ध्यान दिइने छ हेल्प डेस्क, गुनासो पेटिका, नागरिक वडापत्र, विद्युतीय सूचना पाटी जस्ता भ् ( न्यखभचलबलअभ का त्ययकि लाई वडा कार्यालयमा समेत क्रमश लागु गरिनेछ ।
३. कर्मचारीहरुलाई आफ्नो काम प्रति जिम्मेवार बनाइने र कानुनले तोकेको आचरण र मर्यादा पालन नगर्ने कर्मचारीको कार्य सम्पादन मुल्यांकनमा दण्डनीय गरिनेछ । सेवाग्राहीसँग शिष्ट व्यवहार गर्नुृपर्ने एवं मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्ने व्यवस्थालाई अनिवार्य बनाइनेछ । अतिरिक्त समयमा कामकाज गर्ने कर्मचारीहरुलाई नियमानुसार अतिरिक्त भत्ताको व्यवस्था मिलाईनेछ ।
४. जनप्रतिनिधिहरुको क्षमतालाई विकास गर्न समसामयिक विषयवस्तुका सन्दर्भमा तालिमको व्यवस्था मिलाइनेछ साथै कर्मचारीहरुलाई समेत आवश्यकता अनुसार विभिन्न किसिमका क्षमता विकासको तालिम प्रदान गरिनेछ ।
५. गाउँपालिकावासीले तिरेको करलाई सम्मान गर्दै खर्चलाई पारदर्शिता बनाइनेछ । कार्यालयमा सूचना दिने अधिकारी, गुनासो सुन्ने अधिकारी तथा कार्यालयबाट सम्पादन गर्ने कामलाई जनमुखी र उत्तरदायी बनाउन सूचना अधिकारीलाई जिम्मेवार बनाईनेछ । कार्यालयको ध्भदकष्तभ मा सबै किसिमका सूचनाहरु राखिनेछ ।
५) सुचना तथा संचार
१. बाह्रदशी गा.पा क्षेत्रलाई सूचना प्रविधि मैत्री बनाउन आवश्यक व्यवस्था मिलाईनेछ ।
२. नेपाल टेलिकमको मोबाइल सेवा लाई गुणस्तर बनाउन तथा बिलमष्लिभ टेलिफोन विस्तार गर्न, Website सुविधिा प्रभावकारी बनाउन पहल गरिनेछ ।

६) आर्थिक विकास सम्बन्धि नीति तथा कार्यक्रम
क) राजस्व परिचालन
१) राजश्व प्रणालीमा सुधार गर्दै लगिनेछ । राजश्वका दर र दायराहरु फराकिलो बनाई नयाँ आन्तरिक श्रोतहरु पहिचान गरिनेछ । आन्तरिक श्रोतको संकलनलाई बैज्ञानिक, प्रभावकारी र पारदर्शी बनाइनेछ । सार्वजनिक खर्चको दक्षतामा अभिवृद्धि गरिनेछ ।
२. आन्तरिक राजश्व संकलनलाई मजबुत बनाउनका लागि प्रशासनलाई चुस्त दुरुस्त करदाता मैत्री बनाउन राजश्वको दायरा फराकिलो पार्ने, नयाँ करका क्षेत्रको पहिचान गर्ने नीति अवलम्वन गरिनेछ ।
३. घरवहाल कर प्रभावकारी रुपमा संकलन गर्न आवस्यक व्यवस्था मिलाइनेछ ।
४.व्यापार व्यवसायलाई करको दायरमा ल्याउने व्यवस्था मिलाईनेछ ।
५. व्यवसायीहरुलाई अनिवार्य रुपमा दर्ता र समयमै नविकरण गर्ने नीति लिईनेछ ।
६. करदाता शिक्षा, व्यवसाय दर्ता तथा नविकरण, बजार अनुगमन जस्ता कार्यलाई स्थानीय उद्योग वाणिज्य संघसँग सहकार्य गरिनेछ ।
७. न्यून बेरुजु अभियान सन्चालन गरिनेछ । हालसम्म देखिएका बेरुजुहरुलाई लगत राख्ने र समयमा नै फ्र्याैट गर्ने कार्यलाई अगाडि बढाइनेछ साथै लेखा समिति कार्यविधि २०७५ वमोजिम हुने गरि लेखा समितिलाई सकृय बनाइनेछ ।
८. विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसका कारण आक्रान्त बनेको व्यपार व्यवसाय लाई व्यपार प्रर्वद्धन गर्न संघ तथा प्रदेशमा आवश्यक पहल गरिनेछ ।
९. करका दर र दायारालाई यथावत राखिनेछ ।
ख) कृषि तथा पशुपालन
१) गाउँपालिका क्षेत्र भित्र रहेका सबै जमिनहरुको पूर्ण उपयोग गर्दै माटो र मौसम अनुरुप खेती प्रणालीको विकास गरिनेछ ।
२) पकेट क्षेत्रको माध्यमबाट कृषि प्रतिको अभिरुचीमा बृद्धि गर्दै जमिन बाझो राख्ने कार्यलाई निरुत्साहित गरिनेछ ।
३) संचालनमा रहेको मौसमी तथा बेमौसमी तरकारी खेती, उन्नत मकै खेती लयायतका नगदे बालीहरुको विकासमा जोड दिइनेछ ।
४) पकेट कृषिरपशु क्षेत्रको कार्यक्रमलाई निरन्तरता दिदै कृषिमा दिदै आएको विउ अनुदान कार्यक्रमलाई निरन्तरता लिइनेछ । पशु आहारा विकास कार्यक्रम लाई निरन्तरता दिदै हिउँदे र बर्खे घास विकास कार्यक्रम संचालन गरिनेछ ।
५) मासु जन्य ब्यवसायका लागि मत्स्य पालन, कुखुरा तथा खसी पालन र दुध जन्य ब्यवसायका लागि गाई पालन क्षेत्रको विकास गरी आय आर्जन कार्यक्रमलाई जोड दिइनेछ ।
६ पशु स्वास्थ्य सुधारका कार्यक्रम, नश्ल सुधार सम्बन्धी कार्यक्रम सञ्चालन गरिने कार्यलाई निरन्तरता दिइनेछ ।
७. किसानको खुसी, कृषि र पशुपालनबाट समृद्धि कार्यक्रम सन्चालन गर्न कृषि रणनीति तयार गरिनेछ ।
८. कृषक सुचिकरण गरि सेवा तथा सुविधा उपलब्ध गराईनेछ ।
९. बालिको रोग तथा किरा व्यवस्थापन र नियन्त्रणका लागि तालिम संचालन गरिनेछ ।
१०. विशेष गरि यस क्षेत्रमा उत्पादन हुने देहायका विरुवामा ५० देखि ८० प्रतिशतसम्म अनुदान दिने व्यवस्था मिलाईने छ ।
तरकारी तर्फ – पर्वल, करेला, बन्दाकोभी, टमाटर, काउली, बोडी, बैगुन, आलु,
फलपूmल तर्फ – केरा, आँप, लीच्ची, कागती
खाद्यान्न तर्फ – मकै, गहुँ, धान

११. गाउँपालिका भित्र उपयुक्त ठाउँ छनौट गरी विउमा आत्मनिर्भर हुनका लागी उपयुक्त स्थान हेरी विजवृद्धि कार्यक्रम संचालन गरिनेछ।
१२. माटोको उर्वरा शक्तिलाई वृद्धि गर्न कृषि चुन र प्रांगारिक मलको अधिक प्रयोग गर्नका लागि आवश्यकताको आधारमा कृषि चुन र प्रांगारिक मलमा अनुदानको व्यवस्था मिलाईनेछ ।

१३. जैविक तथा प्रांगारिक खेती र कृषि प्रणालीलाई प्रबद्र्धन गर्न विभिन्न कार्यक्रमहरु सन्चालन गरिनेछ साथै नागरिकहरुको स्वास्थ्यमा प्रतिकूल असर गर्ने रासायनिक विषादि प्रयोगलाई निरुत्साहित गरिनेछ ।
१४. पशु विकास तर्फ आहारा विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१५ गोठ सुधारको कार्यक्रमलाई निरन्तरता दिइने छ ।
१६ पशुपंछीहरुलाई निःशुल्क उपचार सेवा पुर्याउनका लागि पशु कृषकहरुको मागको आधारमा वडाहरुमा पशु स्वास्थ्य शिविर सन्चालन गरिनेछ ।
१७. पशु स्वास्थ्य नियमन कार्यक्रम अन्तरगत पशु जन्य उत्पादन वितरण र भण्डारणमा संलग्न कृषक समूह, समिति र पशु व्यवसायिहरुसँग अन्तरक्रिया सन्चालन गरिनेछ ।
१८. पशु स्वास्थ्य उपचार सेवा तथा जैविक सुरक्षा अपनाई पशुहरुमा लाग्ने विभिन्न किसिमका रोगहरुको जोखिम न्यूनीकरण गर्न विशेष कार्यक्रम सन्चालन गरिनेछ ।

ग) उद्योग , वाणिज्य, सहकारी तथा वित्तीय क्षेत्र सम्बन्धि नीति तथा कार्यक्रम
१. यस गा.पा क्षेत्रमा देखिएको गरिबिलाई औद्योगिकरणको माध्यम बाट निवारण गर्ने उद्देश्यले सर्वपक्षिय सहमतिका आधारमा उद्योग स्थापनाको लागि आवश्यक व्यवस्थाका लागि पहल गरिनेछ ।
२. गा.पा क्षेत्र भित्रका व्यपार व्यवसाहहरु लाई थप व्यवस्थापन गरिदै लगिनेछ ।
३. गा.पा क्षेत्र भित्रका सबै नागरिकहरुलाई सर्वशुलभ रुपमा वित्तिय पहुच स्थापनाका लागि पहल गरिनेछ ।
७) विधेयक समिति सम्बन्धि नीति तथा कार्यक्रम
१. गाउँपालिकाको लागि आवश्यक पर्ने नियम कानुन निमार्णका लागि विधेयक समिति मार्फत निर्माण कार्यमा पहल गरिनेछ ।
२. गाउँपालिकाको लागि आवश्यक पर्ने नियम कानुन निमार्णमा परामर्शका लागि कानुन सल्लाकार नियुक्ति गरिनेछ ।

८) कोभिड १९ को ब्यवस्थापन सम्बन्धि नीति तथा कार्यक्रम
१) विश्वब्यापी महामारी कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि संचालित कार्यक्रमहरुलाई निरन्तरता दिदै अग्रपंक्तिमा खटिएका स्वास्थ्य कर्मी लगायतका कर्मचारीहरुको मनोबल उच्च राख्ने प्रबन्ध मिलाईने छ । महामारी रोकथाम तथा नियन्त्रणका कार्यहरुलाई अझ प्रभावकारी बनाइनेछ ।
२) कोरोना संक्रमितहरुका लागि न्यूनतम उपकरण सहितको कम्तिमा २० बेड सहितको आइसोलेशन सेन्टरको स्थापना भई सकेकोले आगामी दिनमा आवश्यकताका आधारमा थप विस्तार गरिने छ ।
३) आइसोलेशन सेन्टरमा आवश्यक जनशक्तिको ब्यवस्थापन गरिने छ ।
४) कोभिड १९ को माहामारी संक्रमणको नियन्त्रण तथा रोगथामका लागि ब्ल्त्क्ष् न्भ्ल् र एऋच् त्भ्क्त् सेवालाई निरन्तरता दिईने छ ।
५) कोभिड १९ को माहामारीबाट बच्न सचेतना कार्यक्रम सञ्चालनलाई निरन्तरता दिईने छ ।
९) भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवास तर्फ ः
१. गाउँपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण ऐलानी, पर्ति, सार्वजनिक, पोखरी जस्ता जग्गाहरुको लगत राखि सार्वजनिक गरिनेछ । त्यस्ता क्षेत्रहरुको संरक्षण र सार्वजनिक हित हुने गरि उपयोगमा ध्यान दिइनेछ ।
२. गाउँपालिका क्षेत्र भित्र रहेका चौतारा, मठ मन्दिर, मस्जिद, बौद्ध, गुम्बा, र्चच, धाराआदिको संरक्षण गरिनेछ ।
३. यस गाउँपालिका भित्र वर्षाैदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरुको समस्या समाधानका लागि लगत संकलन गरि सुकुम्बासीहरुको व्यवस्थित बसोबासको व्यवस्था मिलाउन आवश्यक पहल गरिनेछ ।
४. नेपाल सरकारबाट सन्चालन हुने जनता आवास कार्यक्रम मार्फत घरविहिन अति विपन्न परिवारलाई आवासको व्यवस्था मिलाउन निरन्तरता दिइनेछ ।
५. गाउँपालिका क्षेत्र भित्र रहेको विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च सामुदायिक भवन, सामुदायिक पोखरीको संरक्षण गर्ने कार्यको लागि लगत संकलन गरि पालिकामा दर्ता राख्ने व्यवस्थाको थालनी गरिनेछ । पालिकामा दर्ता नभएकाहरुलाई लगानी नगर्ने नीति लिइनेछ ।

खड्गप्रसाद राजवंशी – अध्यक्ष
बाह्रदशी गाउँपालिका–  झापा

 

बाह्रदशी गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ का लागि वार्षिक निती तथा कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here