प्रादेशिक पत्रकारिता पुरस्कारबाट झापाका दुईसहित चार जना अग्रज पत्रकार सम्मानित

0
342

झापा ।

प्रदेश १ सरकारले एक लाख राशीको प्रादेशिक पत्रकारिता पुरस्कारबाट प्रदेश १ का चार जना अग्रज पत्रकारहरूलाई पुरस्कृत गरेको छ ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी झापाका अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री, गञ्जबहादुर दाहाल, उदयपुरका कौशल चेम्जोङ्ग र मोरङकी ललिता भट्टराईलाई जनही एक लाख नगद सहित पुरस्कृत गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले दिगो विकासका लागि सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने भन्दै लोकतन्त्र, संघीयता जस्ता परिवर्तनको संरक्षणमा नेपाली पत्रकारिताले निरन्तर खवरदारी गरिरहेकोमा खुसी लागेको धारणा राखेका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञराज शर्मा, नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष लिलाबल्लभ घिमिरे, सम्मानित व्यक्तित्व गोविन्दचन्द्र क्षेत्री लगायतले मन्तव्य राख्दै पत्रकारिता विकासका लागि सरकारी पक्षले नीतिगत व्यवस्थापनमा जोड दिन आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here