
झापा ।
कोभिड १९ को दोस्रो लहरको संक्रमणको न्युनिकरणमा स्वास्थ्य कार्यालय र स्थानीय तहलाई सहयोग पुर्याउन सहारा नेपाल र फियरमेड फाउण्डेशनको साझेदारीमा झापा तथा मोरङ जिल्लाका स्वास्थ्य कार्यालय र १० वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
मोरङमा स्वास्थ्य कार्यालयसहित कट्टहरी गाउँपालिका, जहदा गाउँपालिका, रतुवामाई नगरपालिका, सुनवर्सी नगरपालिकामा सामग्री हस्तान्तरण गरिएको हो । त्यस्तै जिल्ला स्वास्थय कार्यालय झापा, दमक नगरपालिका, अर्जुनधारा नगरपालिका, मेचिनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका, र हल्दिवारी गाउँपालिकालाई पिपिई सेट, पल्स अक्सिमिटर, अक्सिजन कन्सन्ट्रेटर, मेडिकल फेस मास्क, अक्सिजन रेगुलेटर तथा पाईप ग्लोब्स, सेनिटाईजर तथा फेस सिल्ड लगायतका सामग्रीहरू सम्बनिधत कार्यालयमा पुगेर प्रदान गरिएको हो । अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन रेगुलेटर स्वास्थ्य कार्यालयहरूलाई प्रदान गरिएको हो ।

फियरमेड फाउण्डेशनबाट शोभा राम भण्डारी, सहारा नेपालका कार्य सिमित सदस्यहरू तथा संरक्षकहरू,सहारा नेपाल साकोसका अनुगमन अधिकृत तथा सेवा केन्द्र प्रमुखहरूको उपस्थितिमा स्थानीय तह तथा स्वास्थ्य कार्यालयमा पुगेर सामग्री हस्तान्तरण गरिएको सहारा नेपालका कर्मचारी मातृका सुवेदीले जानकारी दिए।































