जनताको मन जित्ने कमल गाउँपालिकाको कार्यक्रम यस्ता छन्

0
739

कमल गाउँपालिकाको कार्यक्रम

-सुख्खा यामको ४ महिनाको कृषकहरुको बिजुली बिलको ५०% गाउँपालिकाले तिरिदिने ।

– एक घर एक पशु विमा कार्यक्रम अन्तर्गत किसानलाई ५०% अनुदान गाउँपालिकाले दिने ।

– गाउँपालिका भित्रका ८४५ विपन्न परिवारको स्वास्थ विमा गाउँपलिकाले गरिदिने ।

– गाउँपालिकाका विभिन्न विद्यालयमा पढाइ हुँदै आएको प्राविधिक विषय पढ्ने विद्यार्थीहरुलाई छात्रवृत्ति दिने ।

– गाउँपालिका भित्रका विपन्न सतार मुसहर झागड र मिस्त्रि जातिका १५ उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाले निशुल्क १८ महिने प्राविधिक विषय पढाउने ।

– कोभिड संक्रमित व्यक्तिलाई बाहिरको अस्पताल लानु परे निशुक्ल एम्बुलेन्सको व्यवस्था मिलाउने, साथै अब उपरान्त कुनै नागरिकको मृत्यु भए परिवारलाई सदगत खर्च रु २०००० उपलब्ध गराउने ।

– विपन्न परिवार र बस्तीमा निशुल्क धारा जडान गरि दिने ।

– विपन्न महिलाहरूलाई जिवनयापनको लागि निशुल्क ३५ ठेला भेन उपलब्ध गराउने ।

– बुबाआमा विहिन बालबालिकाहरुको अभिभावकत्व गा. पा.ले लिने ।

– गत वर्ष गाउँपालिकामै माटो परिक्षण ल्याव स्थापना गरेका छौ । उक्त ल्यावमा निशुल्क किसानको माटो परिक्षण गर्ने । – व्यवसाय प्रवर्द्धन कोषलाई निरन्तरता दिने । गत साल कोषबाट २१ कृषकले उद्यमीले १९ लाख लिनु भएको थियो । – कमल ३ केरखाको बाटो वर्षौ देखि बजेट अभाव देखाएर माथिल्लो निकायले आलटाल गरेकोमा केही महिना भित्र गाउँपालिकाले आफ्नै बजेटमा निर्माण सम्पन्न गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here