लालपानी पूर्व विद्यार्थी शैक्षिक विकास ट्रस्टद्वारा अक्सिजन प्लान्टमा २ लाख सहयोग

0
806

झापा ।

शिवसताक्षी ७ स्थित लाल पानी मावि भूतपूर्व विद्यार्थीहरूको संस्था लाल पानी पूर्व विद्यार्थी शैक्षिक विकास ट्रस्टले कनकाई नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट निर्माणका लागि २ लाख ५ हजार ६ सय ११ रुपैयाँ दिएको छ ।

शैक्षिक विकास ट्रस्टका अध्यक्ष नगेन्द्र सुवेदी, सचिव खेम गौतम, सहसचिव प्रदीप उप्रेती, सदस्यहरू दिनेश मैनाली, मोहन प्रसाईँ लगायतको टोलीले कनकाई नगरपालिकाका राजेन्द्रकुमार पोखरेल र ५ नम्बर वडा अध्यक्ष कृष्ण राईलाई सो रकम हस्तान्तरण गरेका हुन । लाल पानी माविका भूतपूर्व विद्यार्थीहरुद्धारा स्थापना गरिएको यस ट्रस्ट भूतपूर्व विद्यार्थीहरुद्धारा स्थापना भएको देशकै पहिलो हो ।

रकम बुझ्दै मेयर पोखरेलले लाल पानी मावि भौगोलिक अवस्थाका आधारमा हेर्दा शिवसताक्षी नगरपालिकामा पर्ने भए पनि कनकाईको यस कार्यक्रममा सहयोग गरेको भन्दै सहयोगी सबै सदस्यहरूलाई धन्यावाद दिएका छन्। सामाजिक सञ्जाल मार्फत जोडिएर छोटो समयमा नै अक्सिजन प्लान्ट निर्माणका लागि सहयोग गर्न पाइएकोमा समितिका सहसचिव प्रदीप उप्रेतीले खुसी व्यक्त गरेका छन्। आगामी दिनहरूमा समेत देशमा महासङ्कट पर्दा तथा यस्ता रचनात्मक कार्यक्रमहरूमा ट्रस्टले खुलेर सहयोग गर्ने सदस्य दिनेश मैनालीले बताए ।

केही दिनभित्रमा कनकाई नगर अस्पतालमा सञ्चालनमा आउन लागेको उक्त अक्सिजन प्लान्ट निर्माणका लागि कनकाई नगरपालिकाका मेयर पोखरेलले आफ्नो सेवा सुविधाबापत १० लाख रुपैयाँ हालेर यस अभियानको सुरुवात गरेका थिए । हालसम्म यस कोषमा ५० लाख बढी सङ्कलन भइसकेको नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here