महाधिवेशन नजिकिएसंगै जिल्लादेखि गाउँ वडासम्मै क्रियाशीलता

0
649

विर्तामोड ।

कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसंगै जिल्लादेखि गाउँ वडासम्मै क्रियाशीलता बढेको छ । यसअघि कोरोना महामारीका बेला गरिब तथा विपन्नलाई राहत र संक्रमितका माझमा चिकित्सक लिएर कांग्रेसजनहरु घर–घर पुगेका थिए ।

वडा, गाउँ, नगर हुँदै, प्रदेश क्षेत्र, जिल्लाको समेत अधिवेशन हुने भएपछि कार्यकर्ताहरुले कार्यकर्ता भेटघाटमा नेता तथा कार्यक्रर्ता सक्रिय हुँदै गएका हुन् ।

सोही अनुसार हल्दिबारीको वडा नं।–५ मा कार्यकर्ता भेला सम्पन्न भएको छ । झापा क्षेत्र नं।–३ प्रदेश २ का क्षेत्रीय सभापति नविन विमलीको प्रमुख आतिथ्यता तथा वडासभापति देवीप्रसाद दाहालको अध्यक्षतामा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि विमली, हल्दिबारी गाउँसभापति दिलीप मावो, भूपाल बस्नेत, तुलसी ओली, हल्दिबारी–४ का वडाध्यक्ष होमप्रसाद चुडाल, बिजय फागो, खड्ग लावती, भानु प्रसाई लगायतले बोलेका थिए ।

वडासचिव किरण दंगालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १५ जना कांग्रेसमा प्रवेश गरेको बताइएको छ । नवप्रवेशीलाई प्रमुख अतिथि विमली र गाउँसभापति दिलीप मावोसहितले स्वागत गर्दै कांग्रेसलाई विश्वास गरेर पार्टीमा प्रवेश गर्ने कसैले पनि पछुताउनु नपर्ने भन्दै आश्वस्त पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here