उमानाथ भण्डारी,
कमल।

उत्कृष्ट कर्मचारी र शिक्षकलाई सम्मान गर्नुका साथै विभिन्न विधेयेक पास गर्दै कमल गाउँपालिकाको नवौं गाउँ सम्पन्न भएको छ ।
गाउँपालिकाको नवौं गाउसभाको तेश्रो दिन उत्कृष्ट कर्मचारी र शिक्षकलाई सम्मान गर्नुका साथै विभिन्न विधेयक पास गर्दै कमल गाउँपालिकाको नवौं गाउँ सम्पन्न भएको छ ।
उत्कृष्ट कर्मचारी तर्फ योजना शाखाका अधिकृत रामचन्द्र गजुरेललाई नगद २० हजार रुपैंयाका साथै सम्मान पत्र बाट सम्मानित हुनुभएको छ भने कर्मचारी तर्फ तोपगाछी स्वस्थ्य चौकीमा ल्याव असिन्टेनमा कार्यरत गीता न्यौपाने , सहायक महिला विकास निरीक्षक रेनुका गौतम, वडा नम्वर २ का वडा सचिव देवीप्रसाद फुयल, वडा नम्वर ५ का कार्यरत कार्यलय सहयोगी अनतिा ताजपुरीया लाई जनहि १० हजार रुपैया र सम्मान पत्र द्वारा पुरस्कृत गरिएको प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी सामुदायीक विध्यालयका शिक्षक तर्फ महेन्द्र रत्न माध्यमिक विध्यालय कमल २ मा कार्यरत शिक्षक प्रदिप राई, कमला मदन आश्रित स्मृति माध्यमिक विध्यालय कमल २ मा कार्यरत शिक्षक पुस्ता राई , र वालविका केन्द्र अन्तर्गत ज्योति आधारभुत विध्यालय कमल ४ मा कार्यरत विमला सापकोटा र मंगलमय माध्यमिक विध्यालय कमल ५मा कार्यरत संचिता राजवंशी लाई जनहि १० हजार रुपैयाँ र सम्मान पत्र द्वारा सम्मान गरिएको अधिकृत श्रेष्ठले बताउनुभयो ।
सभाले नीति तथा कार्यक्रम र बजेट का साथै बजेट, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, न्यायिक समिति कार्य विधि संशोधन विधेयक न्यायिक समितिको प्रतिवेदन, समसामयिक महत्वको विषयहरु पास गरेको छ परित गरेको छ ।
यसका साथै सिन्धुपाल्चोकको मेलम्ची र हेलेम्बुमा गएको प्राकृतिक विपदमा परेकाकालागी सहयोगका लागि गाउँपालिका बाट एक एक लाख रुपैंयाँ सहयोग गर्ने निर्णय समेत सभाले पारित गरेको छ ।































