प्रवासमा रहेका साङ्गरुम्बाबासीद्वारा आफ्नो गाँउमा राहत सहयोग

0
580

विमल दहाल, ईलाम ।

इलाम नगरपालिका वडा नं. १२ साङ्गरुम्बाबाट प्रवासमा बस्ने साङ्गरुम्बाबासीहरुले सोमबार राहत वितरण गरेका छन् । वडाका ४८ घरधुरीलाई तीस केजी चामल, खानेतेल १ लिटर, दाल १ केजी, नुन लगायतका खाद्य सामाग्री वितरण गरिएको हो । त्यस्तै अति विपन्न एक घर परिवारलाई नगद १० हजार रुपैंयाँ समेत प्रदान गरिएको छ ।

राहत संकलनको लागि मलेसियाबाट किरण लिङदम, खिम शिवाकोटी, झरेन चोैहान, दुबईबाट अनिस कार्की, दिपकिशोर लिङदम, दक्षिण कोरियाबाट भुवन लिङदम तथा व्यक्तिगत रुपमा अमेरिकाबाट धनबहादुर योङहाङ, बेलायतबाट निडुप तामाङ लगायतका युवाहरुबाट करिब २ लाख ५३ हजार रुपैंयाँ संकलन गरिएको थियो ।

 


संकलित रकम मध्ये १ लाख रुपैंयाँ बराबर राहत वितरण गरिएको, १ लाख रुपैंयाँ उक्त वडाको स्वास्थ्य चौकीको लागि अक्षयकोष स्थापना गरिने गरि प्रदान गरिएको छ। बाँकी रकमले स्वास्थ्य चौकीको लागि स्वास्थ्य सामाग्री खरिद गरिने दुवईका अभियन्ता दिप किशोर लिङ्गदमले बताएका छन् ।

युवाहरु मिले जस्तो सुकेै परिस्थिति सामना गर्न सकिने प्रवासमा रहेका अनिश कार्की बताउछन् । यता कोरियामा रहेका भुवन लिंदै आउदा दिनहरुमा आफ्नो लागि मात्र नभएर समाजको लागि पनि केही गर्न सके मानवताको भावना झल्कने बताउछन् ।

लकडाउनको समयमा रोगले भन्दा बढी भोकले मान्छे बाँच्न गारोभएकोले राहत वितरण गरिएको मलेसियामा काम गर्दै आएका अभियन्ताहरु झरेन चोैहान,खेम शिवाकोटी, किरण लिङ्गदमले बताउनु भएको छ । राहत वितरण कार्यक्रमको लागि वडा अध्यक्ष लाखमान लिङ्दमको अध्यक्षतामा स्वास्थ्य चौकीका धन कुमार तामाङ लगायत रहेको १८ सदस्यीय समिति गठन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here