नगद सहित लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न चार जना पक्राउ

0
568

झापा।

झापाको दमकबाट लागूऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दमक–६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वू र २२ बर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनीहरुले खरिद गरि ल्याएको स्थान खुल्न आएसगै ईलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावाको कोठाबाट पाँच लाख चौध हजार तीन सय सहित पक्राउ गरी बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा ईलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनीहरुको घरमा गई खानतलासी गर्दा बिक्रम कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र सावाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो ।

पक्राउ परेका चारै जना विरुद्ध ईलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here