‘सस्तो बजार’ले बन्दाबन्दीमा राहत

0
666

झापा, कोरोना कहरका कारण सबैतिर व्यापार व्यवसाय ठप्प हुनु र धेरै नागरिकले रोजगारी समेत गुमाएका बेला बिदेशबाट फर्किएर केही युवालाई गाउँमा नै रोजगारी दिँदै सेवासहितको व्यापार गरेर स्वदेशमा गर्न चाहे के हुँदैन भन्ने पुष्टि गरेका छन्– झापाको बाह्रदशी गाउँपालिकाका एक युवाले ।
बैदेशिक रोजगारीबाट फर्किएपछि बाह्रदशी गाउँपालिका–३ राजगढका चान महमदले शुरु गरेको व्यवसायका कारण अहिले ग्रामीण क्षेत्रका धेरै युवाले रोजगारी पाएका छन् । एक दशकभन्दा लामो समय वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका महमदले गतवर्ष स्वदेश फर्कंदै आफ्नै ठाउँ राजगढमा जिल्लाकै सस्तो बजार सञ्चालनमा ल्याएका थिए । विदेशी शैलीमा करिव दुई करोड रुपैयाँ लगानी गर्दै महमदले सञ्चालनमा ल्याएको ‘एभरेष्ट सस्तो बजार’का कारण कोरोना कहरको बन्दाबन्दीमा समेत ग्रामीण क्षेत्रका आम नागरिकलाई घर–घरमा अत्यावश्यक वस्तु पु¥याएर सेवा सहितको व्यापार गर्न महमद सफल भए ।

महमदले बन्दा बन्दीको यो समयमा व्यापार मात्र गरेनन् ग्रामीण क्षेत्रका १५ जना युवालाई रोजगारी समेत दिए । कोरोना महामारीका कारण सबैतिर व्यापार–व्यवसाय ठप्प हुँदा उनले आफ्नै ठाउँका युवाको साथ लिएर दक्षिणी झापाका हरेक नागरिकको घर–घरमा खाद्यान्नदेखि स्वास्थ्य सामग्री समेत पु¥याए । ग्रामीण क्षेत्रका आम नागरिकलाई शुलभ मूल्यमा गुणस्तरीय सामग्री प्रदान गर्ने उनको उद्देश्य छ । कोरोना कहरमा कामविहीन भएर कोही पनि बस्नु नपरोस् भन्दै महमदले शुरु गरेको सेवासहितको व्यापारका कारण ग्रामीण क्षेत्रका आम नागरिक अहिले खुशी छन् । दक्षिणी झापाका अधिकांश नागरिक सीमावर्ती भारतीय बजारमा निर्भर रहन्छन् ।

तर, कोरोना कहरका कारण नेपाल भारत सीमा नाका बन्द हुनु र लकडाउनका कारण आवतजावतमा समेत समस्या हुँदा महमदले सञ्चालनमा ल्याएको सस्तो बजार धेरैका लागि सहयोगी बन्यो । आफैं रोगजारीका लागि साउदी अरव पुगेका महमदले विदेशमा भोगेको र अरुले गरेको दुःख देखेर स्वदेशमा सुन फलाउन सकिने हिम्मतसहित स्वदेश फर्किएका उनी विदेश जान लाग्ने दुई चार लाख रुपैयाँले यहीं केही गर्ने सकिने बताउँछन् ।

विदेश त्यागेर आफ्नै ठाउँमा व्यवसाय शुरु गरेका महमद छोटो समयमा नै ग्रामीण क्षेत्रका सबैको साथ र सहयोग पाएपछि दंग छन् नै बन्दबन्दी खुलेपछि आफ्नो व्यवसायलाई जिल्लाभर विस्तार गर्ने सोचमा छन् । यस अघि उनले राजगढमा पाँच करोड रुपैयाँ लगानी गर्दै सञ्चालन गरेको एभरेष्ट डिजिटल सिनेमा हलले समेत दक्षिणी क्षेत्रमा छुट्टै चर्चा चुलिएको थियो । दशकौंदेखि नेपालमा भनेजस्तो काम पाइएन भनेर विदेशिने युवाको क्रम अहिले पनि रोकिएको छैन ।

महामारीको यो समयमा समेत धन कमाउन भन्दै विदेश जान हात–हातमा राहदानी बोकेर बसेका युवा गाउँ–गाउँमा भेटिन्छन् । तर, सेवा सहितको व्यापार गर्ने फरक सोचका साथ विदेश त्यागेर स्वदेश फर्किएका बाह्रदशी–३ राजगढका चान महमद अहिले जिल्लाकै उदाहरणीय युवाको रुपमा स्थापित हुँदै गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here