झापा ।

झापामा प्रहरीले हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी पथरियाले हरिणको छालासहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–३ का लुखिराम हस्दा र सुमन टुडु रहेका छन् ।
हरिणको छालासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । पक्राउ परेका दुई जनालाई डिभिजन वन कार्यालयमा बुझाउने तयारी भइरहेको बताइएको छ ।
नजिकैको सामुदायिक वनमा हरिण मारेर खाएको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् । हरिण मार्ने काममा अरु ६ जना पनि संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको खोजतलास गरिरहेको छ ।






























