पानीमा डुबेर एक जना वृद्धको मृत्यु

0
428

झापा ।

झापामा सडक छेउमा जमेको पानीमा डुबेर एक जना वृद्धको मृत्यु भएको छ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का ७५ वर्षीय नराध्वज लिम्बुको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार सडक किनारमा जमेको पानीमा डुबेर बुधबार बेलुकी लिम्बुको मृत्यु भएको हो। उनी हिँडिरहेका बेला चिप्लेर पानीमा डुबेका थिए।

उनी छिमेकी एक व्यक्तिको दाहसंस्कारमा गएर फर्कंदै गर्दा लडेका थिए। उनले मादक पदार्थ सेवन गरेको प्रहरीको भनाइ छ। पानीमा उनको टाउको डुबेको थियो।

प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here