चालू आवको योजनाहरु अनुगमन

0
506

छवि ढकाल,
पथरीशनिश्चरे ।

पूर्वी मोरङको पथरीशनिश्चरे नगरको चालू आर्थिक वर्षमा सम्पन्न भएका र सम्पन्नको क्रममा रहेका आधा दर्जन वढी योजनाहरुको अनुगमन भएको छ ।

सोमबार नगर उपप्रमुख एवम् योजना अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा अधिकृत पिताम्बर वस्ती, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, अनुगमन सदस्य मैनाकुमारी राई लिम्बू, इञ्जिनियर सन्तोष केसी, सवइञ्जिनियर दीपक आचार्यसहितको टोलीले योजनाहरु अनुगमन गरेको हो ।

वडा नम्बर १ स्थित भूल्केदेवी मन्दिर परिसरमा शनिमन्दिर निर्माण सम्पन्न गर्न चालूआवको ५० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो भने २ नम्बरको चौतारी सामाजिक उद्यमी महिला सहकारीको भवन कूल ७ लाखको लागतमा निर्माण भइरहेको छ ।

त्यस्तैगरी, निर्वाचन क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकालको सांसद कोषबाट २५ लाख र स्थानीय उपभोक्ताहरु समेतको कूल २८ लाख ६ हजार ७३ रुपैयाँको लागतमा वडा नम्बर २ को सुनझोडा–सुवेदीचोक सडकका दुवैतर्फ नालासहितको सम्पन्न ग्राभेल कार्यको अनुगमन भएको हो ।

त्यस्तै, नगरकोषको ७ लाख रुपैयाँ सहित पञ्चायत माविमा शौचालय निर्माण भैरहेको र ५ लाख ३२ हजारको बजेटमा ४ नम्बर वडा कार्यालयको ट्रस निर्माण सम्पन्न भएको पनि अनुगमन गरिएको छ ।

उता, नगरपालिका र प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको वडा नम्वर १ को कृषि वजारमा टहरा निर्माण, २ नम्बरमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट सञ्चालित सिलाइ कटाइ तालिम र १ नम्बरमा पेपर ब्याग बनाउने तालिमको पनि अनुगमन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here