समवदेना पत्र नल्याउन प्रसाई परिवारको आग्रह

0
1520

बिर्तामोड ।

एमाले नेता ज्ञानुराम प्रसाईको परिवारले समवेदना व्यक्त गर्ने परम्परागत शैलीमा परिवर्तन गरी श्रद्धाञ्जलि मात्रै व्यक्त गर्न शुभेच्छुकसँग आग्रह गरेको छ ।

लामा लामा समवेदना पत्रसहित उपस्थित हुने विद्यमान शैलीका कारण पीडामाथि झन् पीडा हुने देखिएको स्मरण गर्दै प्रसाई परिवारले आफ्ना शुभेच्छुक शुभचिन्तकसँग समवदेना पत्र नल्याउन अनुरोध गरेको हो ।

नेता प्रसाईको असार २५ गते चारआली चन्द्रगढी सडक खण्डमा आफैँले चलाएको कार दुर्घटनामा परी निधन भएको थियो । प्रसाई परिवारले आफूहरुमाथि परेको बज्रपात सहन गर्न कठिन भइरहेका बेला समवेदना पत्रसहित उपस्थित हुने र वाचन गर्ने शैलीले थप मर्माहत बनाउने जनाएको छ ।

परम्परागत यो शैलीलाई हटाइदिन प्रसाई परिवारले आग्रह गरेको भाई टीका प्रसाईले बताउनु भयो । टीकाले भन्नुभयो-‘कतिपय अवस्थामा समवेदना पत्र पढ्नासाथ परिवारजन भावविह्वल हुने गर्छन् । सीसाका फ्रेममा सजाएर ल्याइएका समवेदना पत्र राख्ने ठाउँ समेत अभाव हुन्छ । ‘

प्रसाईका श्रीमती पवित्रा, छोरा प्रजेश, छोरी प्रज्ञा र भाइ टीकाले ज्ञानुरामको दशगात्र कर्म गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here