लागूऔषधका मुद्दामा वृद्धि,विदेशी महिलाको समेत संलग्नता

0
723

लक्ष्मी उप्रेती,काँकरभिट्टा।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा लागूओैषधमा संलग्न पक्राउ काराेवारीकाे संख्याअघिल्लाे आर्थिक वर्ष २०७६/०७७ र चालू आर्थिक वर्ष २०७७/०७८ काे जेठमसान्तसम्म स्थिररहे पनि मुद्दाकाे संख्यामा भने वृद्धि भएकाे छ ।

कार्यालयकाे तथ्यांङ्क अनुसार अघिल्लाे आर्थिक वर्ष २०७६/०७७ मा ५७ जना पुरूषलाई प्रहरीले पक्राउ गरेकाे थियाे । चालू आर्थिक वर्ष २०७७/०७८ काे जेठमसान्तसम्ममा लागूओैषधमा संलग्न ५७ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेकाे पुरूषकाे संख्या बराबरी रहेपनि लागूओैषध सम्बन्धिका मुद्दामा भने कहि संख्याले बढेकाे छ । ” अघिल्लाे आर्थिक वर्ष २०७६/०७७ काे एकवर्षकाे अवधिमा ५७ पुरूष र एकमहिला गरि ५८ जनालाई प्रहरीले पक्राउ गरेकाे थियाे ” एकजना प्रहरी अधिकारीले भने-” त्यसवर्ष लागूओैषधमा संलग्न १४ जना पुरूष फरार रहेका थिए । ३१ वटा मुद्दा दर्ता भए।”

चालू आर्थिक वर्ष २०७७/०७८ काे एघार महिनामा ६३ जना काराेवारीलाई प्रहरीले पक्राउ गरेकाे कार्यालयकाे अभिलेखले स्पष्ट पार्छ । चालू आर्थिक वर्षकाे याे अवधिमा पक्राउ पर्नेमा ५७ पुरूष र ६ जना महिला छन् ।

चालू आर्थिक वर्षमा लागूओैषधका ४४ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लाे एकवर्षकाे तुलनामा चालू आर्थिक वर्षकाे एघारमहिनामा मुद्दाकाे संख्या १३ वटाले बढेकाे कार्यालयकाे भनाई छ । “लागूओैषधकाे मुद्दा वृद्धि हुनुमा नेपाल भारतकाे सीमानाका वा ओपन वाेडर नै हाे ” एकजना प्रहरी अनुसन्धान अधिकृतले भने-” सीमावर्ती भारतीय बजारमा लागुओैषध सहजरूपमा खरिद गर्न पाईने भएकाले नेपाली सेवनकर्ता त्यहाँ पुगेर सेवन गर्ने अनि साथमा लिएर आउने गरेका छन् ।”

मुख्य नाकाबाट आवतजावत गर्नेलाई प्रहरीले चेकजाँचका क्रममा कडाई गर्न थालेका कारण काराेवारी र सेवनकर्ताहरूले अन्य बाटाे प्रयाेग गर्ने गरेका छन् । १ नम्वर प्रदेशकाे धनकुटा, धरान, तरहरा, इटहरी,उर्लावारी, दमक, झिलझिले,सुरूङ्गा विर्तामोड धुलावारीलगायतका ठाउँबाट काराेवारी र सेवनकर्ता भारतीय सीमावर्ती बजार पानीट्याङ्की, बतासी,खाेरीवारी नक्शलाडीसम्म पुग्ने लागुओैषध नियन्त्रण व्युराे शाखा काँकडभिट्टाले जनाएकाे छ ।

लागुओैषधमा संलग्नमाथि प्रहरीले उच्च निगरानी बढाउने गरेकाे छ । जस्का कारण कहिले काहीँ यसकाे ठुलाे जालाे नै प्रहरीकाे फन्दामा पर्ने गरेकाे छ ।

प्रहरीकाे सक्रियताका कारण चालू आर्थिक वर्ष २०७७/०७८ काे एघारमहिनामा १ सय ६१ एम्पुल डाइजिपाम, १ सय ६३ एम्पुल लुपिजेसिक, १ सय ६४ एम्पुल फेनारगन पक्राउ गरेकाे छ । साेहि अवधिमा ५ सय ८१ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर,२ केजी अफिम र केएसकेयुएफ ५ सय एमएल नियन्त्रणमा लिईएकाे छ ।

यसैगरी गत आर्थिक वर्षमा डाइजीपाम, लुपिजेसिक र फेनारगन १ सय १६/१ सय १६ एम्पुल, ब्राउन सुगर १ सय ७४ ग्राम ५ सय मिलग्राम,अफिम १ केजी ५ सय ग्राम, आसिई ५३ ग्राम र ईएसकेयुएफ १४ बाेतल पक्राउ गरेकाे अभिलेखमा उल्लेख छ ।

पछिल्लाे समय यसकाे धन्दामा महिलाहरू समेत संलग्न भएका छन् । चालू आर्थिक वर्षकाे एघारमहिनामा २ विदेशीसहित ६ र गत आर्थिक वर्षमा १ जना नेपाली महिलालाई प्रहरीले पक्राउ गरेकाे थियाे ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले मेचीनगरकाे १ देखि ८ नम्वरसम्मका वडाकाे शान्ति सुरक्षा गर्नुपर्दछ । मेचीनगरकाे ९ देखि १५ नम्वर वडासहित बुद्धशान्ति गाउँपालिकाकाे १ देखि ७ नम्वर वडा इलाका प्रहरी कार्यालय धुलावारीले हेर्ने भए पनि ठुल्ठुला अपराधका घटना भए ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले हेर्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here