सशस्त्र प्रहरी भन्दै रकम असुल्ने पक्राउ

0
771

 झापा ।

आफूलाई सशस्त्र प्रहरी भन्दै धम्क्याएर रकम असुलेको आरोपमा प्रहरीले सोमबार धनपालथानबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अुनसार सीमाक्षेत्रमा रकम असुलीमा संलग्न रंगेली नगरपालिका–२ का २० वर्षीय मनीष रायलाई पक्राउ गरिएको हो ।

भारतबाट नेपालमा तस्करी गर्न सघाइदिने भनी रकम उठाउँदै हिँडेका रायलाई सीमा प्रहरी चौकी मायागन्जको टोलीले धनपालथान–३ मायागन्जबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले बताए ।

‘रायले सीमा क्षेत्रमा अनेक बहानामा धम्काएर रकम उठाउँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ उनले भने, ‘के कति रकम कहाँ–कहाँबाट उठाएको हो, अनुसन्धान भइरहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here