तीन हजार ३८३ मा कोरोना पुष्टि

0
613

काठमाडौँ,

नेपालमा गएको २४ घन्टामा तीन हजार ३८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १६ हजार ७१८ जनामा परीक्षण गर्दा तीन हजार ३३८ जनामा सङ्क्रमण देखिएको हो । यस्तै गत २४ घण्टामा एक हजार ९९४ जना यो सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म छ लाख ६० हजार ११६ जना यो सङ्क्रमणबाट मुक्त भएका र निको हुने दर ९४ प्रतिशत रहेको छ ।

यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट २४ जनाको निधन भएको छ । आज निधन भएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट नौ हजार ९२२ जनाको ज्यान गएको छ । हाल मृत्युदर भने १ दशमलव ५ प्रतिशत रहेको छ ।

हाल सघन उपचार कक्ष (आइसियु) मा ६८६ जना र भेन्टिलेटरमा १६२ जना उपचार गराइरहेका पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी २९ हजार ७२२ होम आइसोलेसनमा रहेका छन् भने तीन हजार ३७ संस्थागत आइसोलेसन र ३७१ क्वारेन्टिनमा रहेको पनि तथ्याङ्कमा उल्लेख गरिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३२ हजार ५९ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here