भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता बने किरण गजमेर, ‘टिम प्रमोद’लाई दोस्रोपटक उपाधि

0
1070

शनिबार द भ्वाइस अफ नेपालको सेटमै भएको ग्राण्ड फिनालेमा किरणले सबैभन्दा बढी भोट ल्याएर ‘द भ्वाइस अफ नेपाल३’को विजेता घोषित भएका हुन्।

दिप श्रेष्ठको टिमबाट आर्यन तामाङ, प्रमोद खरेलको टिमबाट किरण गजमेर, राजु लामाको टिमबाट तारा श्रीश मगर र तृष्णा गुरुङको टिमबाट ज्वाला राई फाइनल पुगेका थिए। जसमध्ये टिम प्रमोदबाट किरणले हात पारेका हुन।

टाइटल जितेसँगै किरणले २५ लाख पुरस्कार पाउने छ्न। सिजन–१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारी र सिजन-२ मा टिम प्रमोदबाट राम लिम्बुले ‘द भ्वाइस अफ नेपाल’को उपाधि जितेका थिए।

हाल अमेरिकामा बस्दै आएका किरण झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन्। उनका बुवा भुटानबाट लखेटिए पछि मुलथलो नेपाल आइपुगेका थिए। किरणको बाल्यकाल खुदुनाबारी शिविरमा बित्यो। अमेरिका लगायत विभिन्न ८ देशले आफूहरुले संरक्षण दिने भनेपछि किरण १४ वर्षको उमेरमा परिवारसहित अमेरिका पुगेका थिए।

किरणले ‘पूर्णिमाको चन्द्रमालाई’ बोलको गीतमा संगीत समेत भरिसकेका छन्। उनले मै बनौला माली, किन मायामा, ठुली ठुली जस्ता गीतहरु गाइसकेका छन्। साथै फिल्म ‘साढे ७’ को गजब हुनेछ र ‘राधा’ को ‘छपक्कै फूल फुल्यो’ बोलको गीतमा समेत स्वर दिइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here