स्वस्थ जीवनको लागि चार आधारभूत तत्वहरु

0
1174

विश्व स्वास्थ्य संगठनका अनुसार शारीरिक, मानसिक र सामाजिक तवरमा ठीक हुनु नै स्वास्थ्य भनिन्छ । यतिले मात्र स्वास्थ्यको परिभाषाले पुग्दैन । अहिले आध्यात्मिक पक्ष पनि जोडिएको देखिएको छ । पछिल्लो समयमा स्वास्थ्यमा मानिसहरु सजगता भएको देखिन्छ । कोरोना भाइरस आएदेखि मानिसहरु सचेत भएका छन् । किन यसमा सजगता अपनाउने ? अहिलेको समयमा किन यसमा चासो बढिरहेको छ । हामीले सानो उमेरदेखि नै सुन्दै र पढ्दै आएका छांै– स्वास्थ्य नै धन हो । हाम्रो लागि त्यो सम्पत्ति हो भनेर । हाम्रो लवाई–खुवाई हाम्रो जीवनशैलीले स्वास्थ्यमा असर गरिरहेको छ । कसरी स्वस्थ जीवनशैली बाँच्न सकिन्छ ? हामीले स्वस्थ शरीर, शान्त मन, रोगरहित जीवन हामीले खोजेका छौं ।

व्यस्त जीवनशैली गलत आहार–विहार दिनचर्याले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आइरहेको छ । तनावरहित, शोकरहित खुशी जीवन खोजेका छौं । तर, हामीले पाउन सकिरहेका छैनौं । जीवनलाई खुशी कसरी बनाउने ? स्वस्थ जीवनशैली किन अपनाउन जरुरी छ । अहिलेको भागदौड व्यस्तताले यसबारे सोच्न फुर्सद पाएका छैनौं । व्यहारमा उतार्न सकेको छैनांै । मानसिक स्वास्थ्य उत्तिकै जरुरी छ । मानसिकरूपमा तनावग्रस्त जीवन अपनाउन बाध्य छन् ।

दिनप्रतिदिन मानिस पीडामा छट्पटाइरहेको छ । मानिस सुन्दर छ । बलबान छ । तर, ऊ भित्र पीडाले भरिएको छ । हामी स्वास्थ्यको लागि आधा घण्टा समय पनि निकाल्दैनौं । रोग लाग्न नदिनु नै बुद्धिमानी हो । हामीले खोजेको कुराहरु पाउन सकिन्छ । खुशी, आनन्द, शान्ति, स्वस्थ शरीर, उत्साहमय जीवन, सकारात्मक ऊर्जाले भरिएको जीवन हामी सबैले यही चाहेका हौ । आफ्ना लागि वा शरीरको केही पनि गरिरहेका हुँदैनौं । अब हामी के खानपानदेखि लिएर स्वास्थ्य जीवनशैलीको जागरुक र सचेत हुनुपर्ने आवश्यक रहेको छ ।

कोभिड– १९ को महामारी आएपछि मानिस स्वास्थ्य प्रति सजग बन्न थालेको पाइन्छ । योग, ध्यान, प्राणायाम, खानपानमा ध्यान दिन थालेको देखिन्छ । कोरोनाबाट बच्न पूर्व तयारी गर्न पनि उत्तिकै आवश्यक रहेको छ । दिन प्रतिदिन मानिसको मनोबल घटिरहेको छ । आत्मविश्वासमा कमी आएको छ । मानिसहरु दिनानुदिन कमजोर भएका छन् । मानिसको मनोदशा बिग्रिदै छ । शारीरिक रोग लिएर मानसिक विचलित भएको देखिन्छ । लागूऔषत दुव्र्यसनमा फसेको आजको नयाँ पिँढीहरु जसको कारणले गर्दा हाम्रो शरीरमा प्रतिकूल असर गरिरहेको छ । आजका नयाँ पुस्ताहरु कुलतमा फसेका छन् । जसको कारणले गर्दा उनीहरु मानसिक तनावग्रस्त जीवन जीउन अपनाएर बाचेका छन् । अहिलेको समयमा स्वास्थ्य जीवन जीउन कति धेरै आवश्यक छ । हामीले अहिले सोचेनौं भनेपछि भविष्यमा दीर्घ जीवन जीउन कठिनाई हुन्छ ।

जापान देशका नागरिकको कुरा गर्ने हो भने उनीहरु शारीरिक व्यायाम गर्ने, बिहानीपख हिँडडुल गर्ने फलफूलको जुस धेरै खाने आफ्नो स्वास्थ्यको लागि सजग छन् । जस अनुसार उनीहरु दीर्घ जीवन अर्थात् लामो उमेरसम्म बाच्न सक्छन् । जसले युवा अवस्थादेखि नै स्वास्थ जीवनको लागि केही सोच्ने बेला आएको छ । कोरोनाकाल यता मानिसहरुको जीवनशैलीमा परिवर्तन आएको छ । आफ्नो शरीर स्वास्थ्य राख्न के–के उपाय अपनाउन सकिन्छ । जीवनमा सफलता हासिल गर्न चाहन्छौं । आत्मविश्वास बढाउन चाहन्छौं । शान्तिपूर्वक जीवन जिउन चाहन्छौं । शरीर स्वस्थ, मन शान्त, तनावरहित जीवनको खोजीमा भौतारिएका छौं । जीवनमा खुशी चाहेका छौं । यसको पछाडि स्वस्थ शरीर, शान्त मन छ । यदि हामी अस्वस्थ भयौं भने हामीले सबथोक गुमायौं । स्वस्थ जीवन जीउनको लागि के–के आधारभूत कुराहरु छन् ।

शारीरिक स्वास्थ्य

हामीलाई थाहा छ शरीर ठीक हुनु नै स्वस्थ हुनु हो । अर्थात् शरीरमा कुनै दुखाइ छैन, पीडा छैन भने सामान्यरूपमा स्वस्थ भन्न सकिन्छ । शरीरलाई स्वस्थ राख्न के–के उपाय अपनाउन सकिन्छ । शरीरलाई फिट राख्न शारीरिक व्यायाम गर्ने, योगहरु सूर्य नमस्कार व्यायामहरु गर्न सकिन्छ ।

जसको कारणले शरीरलाई ऊर्जाशील बनाइ राख्न मद्दत सकिन्छ । सर्वप्रथम हामीले शरीर स्वस्थ राख्न आवश्यक छ । शारीरिक स्वास्थ्यमा सचेत बनौं । हाम्रो दैनिक जीवनमा शरीरभित्र बिषादि र विकारहरु प्रवेश गरिएको छ । जस कारण हाम्रो शरीर कमजोर र रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आइरहेको छ । योग प्राणायाम गरेर त्यस्तो विकारहरु बाहिर निकाल्न सकिन्छ । हाम्रो शरीर स्वास्थ्य राख्न मद्दत पु¥याउँछ ।

मानसिक स्वास्थ्य

शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्य उत्तिकै महत्वपूर्ण रहेको छ । शरीरको रोगभन्दा मानसिक रोग अहिलेको समयमा भयावह भनेको देखिएको छ । मानिसहरु दिनानुदिन मानसिकरूपमा ग्रस्त छन् । शरीर स्वस्थ राखे जस्तै मानसिक स्वस्थ राख्न अति आवश्यक छ । मानिसभित्र कुनै न कुनै तनाव हुन्छ नै ती तनावलाई व्यवस्थापन गर्न जरुरी छ । कसरी मनलाई शान्त बनाउने ? मन नै अशान्त छ भने शरीर कसरी स्वस्थ रहन सक्ला त ? दैनिक जीवनमा आइपर्ने ती समस्याले तनाव सिर्जना गरेको छ । यसबारे हामी सचेत हुनुपर्छ ।

योग र व्यायाम शरीरको लागि हो भने मनको लागि ध्यानको अभ्यास गर्न सकिन्छ । धूमपान, मध्यपान नगर्ने नकारात्मकताको पछाडि न हिँड्ने । धेरै तनाव नलिने । अहिले त झन कोरोनाकालदेखि यता मानिसभित्र डर, त्रास बढेर आत्तिने मानसिक तनाव थपिएको छ । मानिसभित्र डर पसेको छ । मानिसहरु अशान्त बनेका छन् । जसकारण विभिन्न मानसिक पीडाहरु बढेको छ । मनलाई शान्त बनाउन जरुरी छ । जस अन्तर्गत स्वस्थ जीवनशैलीका लागि मानसिक स्वास्थ्यको यो पनि आधार हुन् ।

सामाजिक पक्ष

स्वस्थ जीवनका लागि सामाजिक धारणाहरु, मतहरु, विचारहरु पनि रहेको देखिन्छ । हामी कस्तो समाजमा बसेका छौं । हाम्रो परिवार र समाजमा अवधारणा कस्तो रहेको छ । त्यस अनुसार हाम्रो स्वास्थ्यको स्थिति कायम हुन्छ । समाज र त्यसको वातावरण अनुसार स्वास्थ्यमा असर हुन जान्छ । तपाई बस्नुभएको समाजमा होहल्ला कलह झैं–झगडा भइरन्छ भने त्यही अनुसार स्वस्थ रहन जान्छ ।

मेलमिलाप सहयोगको भावना छ भने त्यही अनुसार तपाईको स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ । तपाई समाज वरपरको वातावरणको ऊर्जाले पनि प्रत्यक्षरूपमा असर गर्छ । ती समाजको विचार, धारणाले दिनानुदिन प्रभाव पार्न जान्छ । तर, तपाईलाई थाह नहुन सक्छ । सामाजिक क्रियाकलापमा अघि बढ्ने सहयोगको भावना, सामाजिक मेलमिलाप, सामाजिक अन्तरक्रिया र समाजसँग जोडिएका कुनै पनि कुराले सामाजिक तवरमा तपाईंको स्वास्थ्यको निर्धारण गर्दछ । स्वस्थ जीवन जीउनका लागि सामाजिक भूमिका रहेको हुन्छ ।

आध्यात्मिक पक्ष

आध्यात्मिकरूपमा पनि स्वस्थ हुन आवश्यक छ । आध्यात्मरूपमा चाहिँ कसरी स्वस्थ हुने ? समाजमा विविध किसिमका मानिसहरु बसोबास गरिरहेका हुन्छन् । सकारात्मक ऊर्जा भएका र नकारात्मक ऊर्जाले भरिएका । आफ्नो–आफ्नो जीवन अपनाएर बाचेको पाइन्छ । शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिकरूपमा तपाई कतिको सजग हुनुहुन्छ । योग, ध्यान गरेर, आध्यात्मिक शान्ति प्राप्त गर्न सकिन्छ । तपाईभित्र लोभ, इष्र्या, मोह, अहंकार छ । नकारात्मक ऊर्जा छ । मानिसलाई खुशी, आनन्द, शान्ति, स्वतन्त्रता चाहिरहेको छ । मानिसको अन्तिम उद्देश्य नै शान्तिपूर्णक जीवन जीउन पाउनु हो । तर, सोचे जस्तो जीवन किन छैन । केमा छ हामीले खोजेको खुशी ? कहाँ छ खुशी ? मानिसहरु दिन प्रतिदिन तनावग्रस्त जीवन अपनाएर बाँचेका छन् ।

तपाईलाई थाह छ ? जब हामी एकदमै खुशी हुन्छौं, यस्तो लाग्छ हाम्रो मनभित्र केही चीज फैलिरहेको छ । तब हामी दुःखी हुन्छौं । केही कुरा हामीभित्र संकुचित भइदिन्छ तपाई । खुशी हुनुहुन्छ, तर तपाईंको गाउँ, समाज अथवा परिवारमा कोही दुःखी छ त्यस्तो अवस्थामा तपाईं खुशी बन्न सक्नुहुन्न । आफू मात्र जीवनमा खुशी होस्, शान्ति होस् भनेर हामीले खोजेको कुरा पाउन सकिएला त ? हामी जीवनमा कर्म गरिरहेका छौं ? यसको उद्देश्य के छ ? आफैभित्र ती कुराहरु पहिचान गर्न जरुरी पनि रहेको छ । अनि मात्र शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिकरूपमा यी चार तवरबाट नै स्वस्थ जीवन जिउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here