इटहरीका मेयर द्वारिकलालले सेवाग्राहीलाई कार्यालयमै थुने

0
768

झापा ।

सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुनेका छन् ।

पैनी मिचेर घर बनाएको आरोपमा चौधरीले इटहरी ४ का यामप्रसाद ढकाललाई आफ्नै कार्यलयमा थुनेर राखेका हुन् । विहानै नगर प्रहरी पठाएर ढकाललाई उपमहानगरपालिका ल्याईएको थियो । सात दिन भित्र घर भत्काउँने कि थुनेर राखौ भन्दै आफुलाई केहि घण्टा देखि बाहिरबाट ढोका लगाएर थुनेर राखेको जनाइएको छ ।

केही दिन अघी इटहरी–१३ मा निर्माणाधीन रिसोर्टको पर्खाल भत्काएका मेयरले सार्वजनिक जग्गा मिच्न नपाउने भन्दै आक्रामक शैली अपनाएका हुन् ।
यसैबीच इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

इटहरीका मेयर चौधरीले उदण्ड स्वभावमा मानिसलाई कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरी नगर समितिले मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेल दर्जनौ कार्यकर्ता साथ इटहरी उपमहानगरपालिका पुगी इटहरी ४ आइतबारेका यामप्रसाद ढकाललाई उद्वार गरि परिवारको जिम्मा लगाउनुका साथै मेयरको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here