‘प्रास्रोद्धरुकेने’द्वारा झापाका ४ पालिकालाई मास्क वितरण

0
724

अर्जुनधारा ।

प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले झापाका ४ वटा पालिकालाई मास्क वितरण गरेको छ ।

सरकारले गत साउन २३ गतेदेखि सुरु गरेको साताव्यापी “तपाईंको मास्क खोई ?” भन्ने अभियानलाई एक्यबद्धता जनाउँदै अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका, मेचीनगर नगरपालिका र बा¥हदशी गाँउपालिकालाई १० हजार थान मास्क वितरण गर्ने कार्यक्रम रहेको केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति संगिता थापाले जानकारी दिइन् ।

यसैबीच केन्द्रले बिहीबार एक कार्यक्रमकोबिच अर्जुनधारा नगरपालिकालाई तीन हजार थान मास्क वितरण गरेको छ । केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति थापाले उक्त मास्क नगर प्रमुख हरिकुमार रानालाई हस्तान्तरण गरेकी थिइन् ।

महामारी नियन्त्रण रोकथाममा मेरो प्रतिबद्धता,मास्क लगाउनु नै हो आजको आवश्यकता भन्ने मुख्य नारासहित आयोजित कार्यक्रममा शनिश्चरे प्रहरी चौकी, चेम्बर अफ कमर्स अर्जुनधारा शाखालाई मास्क वितरण गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा–८ वडा समितिका अध्यक्ष गोपीचन्द्र गौतम, मेलमिलाप कार्यक्रम झापाका संयोजक चेतराज विष्ट, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रका सहजकर्ता छत्र पौड्यालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here