लागूऔषध अफिमसहित एकजना पक्राउ

0
737

संखुवासभा,

खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईं लागुऔषध अफिमसहित पक्राउ परेका छन्।

२०४ ग्राम अफिम घरमा लुकाएर राखेको सूचनाका आधारमा प्रहरीको टोलीले चापागाईंलाई नियन्त्रणमा लिइएको बताइएको छ। उनलाई शुक्रबार दिउँसो घरबाटै अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए।

पक्राउ परेका चापागाईंमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here