धानबाली विज्ञ भाेलामानसिंह बस्नेतकाे निधन

0
567

काठमाण्डाै,

वरिष्ठ धानबाली विज्ञ भोलामान सिंह बस्नेतको काेराेना सङ्क्रमणका कारण ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्‍याउनुभएका उहाँ सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न हुनुहुन्थ्यो ।

नेपालमा हिउँदे धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उहाँको अथक योगदान रहेको थियो । उहाँका दुई छोरी र एक श्रीमती हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here