दुर्गाप्रसाद आइतबार दिउँसोबाट बेपत्ता

0
857

विमल दहाल, इलाम।

४० वर्ष भारतीय जेल जीवन बिताएर फर्किएका इलाम जिल्ला माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिना आईतबार घरबाट हराएका छन् ।

दिउँसो नजिकै सूर्योदय नगरपालिका–१४ को खोल्मेटार स्थित धनबहादुर राईको घरमा गएको तर साँझ सम्म नफर्किएको भतिजा गोपाल तिम्सिनाले जानकारी दिएका छन् ।

गोपालका अनुसार दुर्गाप्रसाद अपरान्ह ५ बजे गोदकको गट्टा गोलाईबाट फिक्कल तिर हातमा चप्पल बोकेर हिडेको सम्म जानकारी आएको बताए। ईलाम –१० का वडाध्यक्ष रोम लुङ्गेलीले उनलाई देखि कता हिड्नु भएको भनि सोधेको तर बोलेको केही नबुझिएको वरु जोडले कालो पत्रे बाटो हुदै फिक्कल तर्फ गएको जानकारी दिनुभएको थियो ।

भतिज गोपालले फोनमा जानकारी दिए। उनको खोजीका लागि प्रहरी र स्थानीयलाई गोदक, आईतबारे, फिक्कल लगायतका स्थानमा सुचना गरि सकिएको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here