चिया किसान–उद्योगीबीच वार्ता सुरु

0
456

(एकराज गिरी)
बिर्तामोड,जेठ १४। हरियो चिया पत्तीको मूल्य निर्धारणका विषयमा भएको पूर्व सहमति कार्यान्वयन लगायतका माग राखी आन्दोलनमा उत्रिएका झापाका साना चिया किसान र चिया उद्योगीबीच आज बुधबारबाट औपचारिक बार्ता शुरु भएको छ ।
संवाद समूह झापाको सहजीकरणमा बिर्तामोडमा शुरु भएको बार्ता समस्या समाधानको दिसामा सकारात्मक रुपमा अघि बढेको छ । बार्तामा दुबै पक्षले आ–आफ्ना माग, समस्या र चुनौतिहरुका बारेमा अवगत गराएका छन् । बार्तामा समस्या समाधानका लागि आ–आफ्ना संगठनमा थप छलफल र तयारी गरी एक पक्षीय र दुई पक्षीय संवाद जारी राख्दै उपयुक्त विकल्पसहित जेठ १६ गते शुक्रवार २:३०बजे  पुन: सर्वपक्षीय वार्ता गर्ने सहमति भएको संवाद समूहका कार्यक्रम संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले बताउनुभयो ।
त्यस्तै किसानले आफ्नो आन्दोलन शान्तिपूर्ण र मर्यादित बनाउनेसमेत सहमति भएको छ । शुक्रवार हुने बार्तालाई निष्कर्षमा पुर्‍याउन भोलि विहीवार विहान ८:००बजे चिया उद्योगीहरु र अपरान्ह ४:०० बजे चिया किसानसाग छुट्टा–छुट्टै एकपक्षीय संवाद गर्ने समेत सहमति भएको छ । बार्ताका क्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद वाग्ले, संवाद समूहका सदस्यहरु तथा शान्ति समितिका संयोजक सूर्यनारायण गणेश, नेपाली कांग्रेसका उपसभापति देउमान थेवे, नेकपा एमालेका कुन्दन भट्टराई, एकीकृत माओवादीका उपाध्यक्ष राजु आचार्य अग्नि, चिया मजदुर नेता भूपाल सापकोटाले दुबै पक्षलाई आफ्ना अडान छोडेर समस्या समाधानका लागि लचकताका साथ प्रस्तुत हुन आग्रह गर्नुभएको छ ।
किसानहरुको प्रतिनिधित्व गर्दै झापाली साना चिया किसान व्यवसायी संघको तर्फबाट ज्योति पाठक, मेघराज रेग्मी, पर्वत डाागी र हर्क तामाङले माग र समस्या बारे अवगत गराउनु भएको थियो । त्यस्तै नेपाल चिया उत्पादक संघका तर्फबाट जेपी शर्मा, आदित्य पराजुली, रमेश पराजुली, भक्ति अधिकारी र झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले उद्योगीका समस्या बारे जानकारी गराउादै समस्या समाधानका लागि आफूहरु तयार रहेको बताउनुभयो । बार्ता र संवादबाटै समस्याको समाधान खोज्न दुबै पक्ष सहमत समेत भएको छ ।
बार्ता तथा संवादको सहजीकरण संवाद समूहका सदस्यहरुले गर्नुभएको थियो । चिया किसानहरुले २०६७ साल मंसीर २३ गते उद्योगीहरुसाग भएको सहमतिलाई लागू गर्नुपर्ने अडान राखेका छन् । उक्त समयमा भारतीय बजारमा रहेको हरियो चियापत्तीको मूल्यलाई आधारमानी प्रतिकेजी एक रुपैयाा ५१ पैसा घटाएर झापाका किसानसाग हरियोपत्ती लिने सहमति भएको थियो । त्यसको केही महिनाबाट नै सहमति उल्लंघन भएको किसानले बताउादै आएका छन् । उद्योगीहरुले भने उक्त सहमति कार्यान्वयनमा थुप्रै अप्ठ्यारा देखा परेको, खुल्ला बजार नीति अनुसार हरियो पत्तीको मूल्य निर्धारण गरिनुपर्ने, किसानहरुबाट नै सहकारीको रुपमा सञ्चालित चिया फ्याक्ट्रीको मूल्यलाई आधार मानेर उद्योगीले हरियो पत्तीको मूल्य निर्धारण गर्ने बताउादै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here