कारितास र विराट मेडिकलकाे स्वास्थ्य सामग्री

0
678

पथरीशनिश्चरे,

कारितास र विराट नेपाल मेडिकल ट्रष्टले कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सतर्कताका लागि पथरीशनिश्चरे नगर अस्पतालमा स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

वि एन एम ट्रष्टले नगर अस्पतालका लागि २० थान पीपीइ, ३० थान फेसशिल्ड, ५० थान हेण्ड सेनिटाइजर, ५० थान केएन नाइन्टीफाइभ मास्क, ३ सय थान सर्जिकल मास्क र ३ सय थान सर्जिकल ग्लोब्स प्रदान गरेको हाे ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर वस्नेत, स्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ राेगका अधिकृत मुलुकचन्द्र राजवंशी, ट्रष्टका जिल्ला कार्यक्रम संयोजक पुनम विष्टले नगर प्रमुख दिलीपकुमार राई, डाक्टर फरिन्दा गुरुङ सहितलाई सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालय समेतको सहकार्यमा ट्रष्टले उर्लाबारी, बेलबारी, सुन्दरहरैंचा, कानेपोखरी, रंगेली, रानी, झुर्किया सहितका मोरङका १४ वटा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री वितरण गरेकाे छ ।

यसैगरी, कारितास नेपालकाे सहयोगमा साेमबार नै पथरीशनिश्चरे नगरपालिकाले वडा नं ५,६ र ७ का १० दिनभित्रका कोरोना संक्रमितलाई भेटेर स्वास्थ्य सामग्री उपलब्ध गराएकाे हाे ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, कार्यपालिका सदस्य मैनाकुमारी राई लिम्बू, ७ नम्बर वडा सदस्य विर्खबहादुर पिठाकोटे मगर (विरोज), स्वास्थ्य शाखाका जगतप्रसाद मगर, कारितास नेपाल दमकका गोविन्दराज कट्टेल, सीमा खड्का सहितले सामग्री वितरण गर्नुभएको हो । अव बाँकी रहेको वडा नम्बर ४, ८ र ९ मा वुधबार सामग्री वितरण गरिने छ ।

कारितास इन्टरनेशनलको सहयोगमा कारितास नेपाल दमकमार्फत संक्रमितहरुलाई घर घरमा गएर भेटी आत्मबल बढाउन र स्वास्थ्य मापदण्ड पुरा गरी संक्रमणमुक्त वन्न सीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य सामग्री वितरण कार्य गरिएको हो ।

जसमा, २ वटा सेनिटाइजर, २ प्याकेज सर्जिकल मास्क, १ प्याकेट ग्लोब्स, एउटा ह्याण्ड वास, एउटा पल्स अक्सिमिटर, एउटा डिजिटल थर्ममिटर र सिटामोल सहितको प्याकेज रहेको किड वितरण भएको छ । सामग्री सहित घर घरमा जनप्रतिनिधि आएर आत्मबल बढाउँदा संक्रमितहरु खुसी व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here