मुख्यमन्त्री शेरधन राईद्वारा राजीनामा दिने तयारी, भीम आचार्य मुख्यमन्त्री बन्ने

0
622

काठमाडौ,

पार्टीको आन्तरिक विवाद र समीकरण बदलिएपछि प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले राजीनामा दिँदै छ।

पार्टीको केन्द्रीय कमिटीमा भाग लिन काठमाडौंमा रहेका मुख्यमन्त्री राई लगायतका सांसदहरु आज विहान प्रदेश फर्किन लागेका हुन्। आज विहान ११ बस्ने संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा गरेर एमाले सचिव भीम आचार्यलाई दलको नेता र मुख्य मन्त्री नियुक्त गर्ने तयारी छ।

यसका लागि बुधबार राति अबेरसम्म मुख्यमन्त्री राई, एमाले प्रदेश-१ का अध्यक्ष देवराज घिमिरेले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। ओलीसँगको छलफलमा राईले नै आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको जनाइएको छ।

राजीनामाका लागि राई आज विहान नौ बजे विराटनगर फर्किदैछन्। केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका प्रदेश १ का सांसदहरु पनि बैठक अगावै विराटनगर फर्किँन लागेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए।

आज विहान ११ बजे संसदीय दलको बैठकले आचार्यलाई दलका नेता चयन गर्ने र लगत्तै राईले राजीनामा गरेर आचार्यलाई नियुक्त गर्न प्रदेश प्रमुख कहाँ आवेदन गर्ने तयारी छ।

मुख्यमन्त्री नियुक्त भएपछि आजै तीन बजे आचार्यको शपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ।

प्रदेश १ मा हाल ९२ जना सांसद छन्। सरकार बनाउन ४७ जना सांसद आवश्यक पर्दछ। त्यसमा राजेन्द्र राई,राजन राई र गणेश काम्बाङ माधव नेपालतिर लागेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here