कारितासको सहयोगमा संक्रमितका घर घरमा औषधि

0
556

पथरीशनिश्चरे,

पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिकाका १० दिन भित्रका सक्रिय कोरोना संक्रमितलाई घरमै पुगेर कारितास नेपालद्वारा स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

कारितास इन्टरनेशनलको सहयोगमा कारितास नेपाल दमकमार्फत वडा नम्बर ४, ८, ९ र १० का संक्रमितहरूका लागि बुधबार ति स्वास्थ्य सामग्री उपलब्ध गराईएको हो ।

२ वटा सेनिटाइजर, २ प्याकेज सर्जिकल मास्क, १ प्याकेट ग्लोब्स, एउटा ह्याण्ड वास, एउटा पल्स अक्सिमिटर, एउटा डिजिटल थर्ममिटर र सिटामोल सहितको प्याकेज किड वितरण भएको हो । उक्त अवसरमा घर घरमै जनप्रतिनिधि आइ आत्मबल बढाएकोमा कोरोना संक्रमितहरुले खुसी व्यक्त गरेका थिए ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, कार्यपालिका सदस्य निर्मला गदाल, १० नम्बर वडा सदस्य अनोज घिमिरे, स्वास्थ्य शाखाका जगतप्रसाद मगर, कारितास नेपाल दमकका गोविन्दराज कट्टेल, सीमा खड्का सहितले सामग्री वितरण गर्नुभएको थियो । यस अघि सोहि दातृ निकायमार्फत वडा नं १,२,३,५,६,र ७ मा स्वास्थ्य सामग्री वितरण भइसकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here