आफ्नै दाजुको हत्या गर्ने दुई जना पक्राउ

0
740

खोटाङ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ कांडेका ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् ।

गत भदौ ९ गते दिउँसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क्रममा बिहीबार १० गते बिहानको राती पौने २ बजे बारीमा मृत अबस्थामा फेला परे पश्चात प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली पुगेर घटनाको प्रकृती हेर्दा हत्या गरेको हुन सक्ने आशंकमा प्रहरीले गहन रुपमा अनुसन्धान थालेको थियो । घटनाको प्रकृति, स्थानियबासीको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले मृतकका भाई नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले घरयासी विवादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटिमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here