मोरङ,

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मोरङको बुढीगङ्गामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको आज अवलोकन गर्नुभयो ।
प्रदेश प्रमुख अधिकारीलाई विश्वविश्लयका उपकुलपति डा सुवासश्री पोखरेलले विश्वविद्यालयको गतिविधिबारे जानकारी गराउनुभयो ।
सो अवसरमा प्रदेश प्रमुख अधिकारीलाई विश्वविद्यालयका डिन प्रचण्डमान प्रधान, निमित्त प्रार्चाय सुदिप अधिकारी, प्रशासन प्रमुख मदनकुमार श्रेष्ठ, प्रोग्राम कोडिनेटर नरेन्द्रकुमार डाँगीले भौतिक तथा प्राविधिक प्रयोगशालाको अवलोकन गराउँनुका साथै सोको बारेमा जानकारी गराउनुभएको थियो ।
मोरङ र सुनसरी क्षेत्रका उद्योगलाई आवश्यक पर्ने प्राविधिक दक्ष जनशक्तिको उत्पादन गर्नका लागि विश्वविद्यालय स्थापना गर्न भारतले सहयोग गरेको थियो । सो विश्वविद्यालय बीस बिघा क्षेत्रफलमा फैलिएको छ ।






























