पहिरोले पुरेर बालको मृत्यु

0
677

उदयपुर ।

उदयपुरको कटारी नगरपालिका–२ मिलन चौकका पोष्टबहादुर मगरको छोरा सात बर्षीय कर्ण मगरको पहिरोले पुरिएर मृत्यु भएको छ ।

घरदेखी अन्दाजी चार सयमिटरमा रहेको आँप खहरे खोलामा गई खेल्ने क्रममा माथिबाट पहिरो झरी पुरिएर गम्भिर घाईते भएका उनको उपचारको लागि कटारी अस्पताल ल्याउदा ल्याउदै बाटैमा मृत्यु भएको थियो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी पुगेर अनुसन्धान शुरु गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here