उद्धव थापाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

0
969

झापा।

नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले पार्टीको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

झापाका प्रथम शहीद बिश्वनाथ घिमिरेको शालिक शिलान्यास कार्यक्रममा अतिथिको रुपमा शुक्रबार सम्बोधन गर्दै ३१ बर्ष जिल्लाको राजनीतिमा समय दिएका सभापति थापाले अब केन्द्रको राजनीतिमा सक्रिय हुने घोषणा गरेका हुन् ।

सभापति थापाले खस आर्य कोटाबाट केन्दीय सदस्यमा उम्मेदवारी घोषण गर्नुका साथै पार्टी प्रवक्ता बिश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य सरिता प्रसाईंले कार्यक्रमस्थलमै समर्थन मात्र गरेनन् अंकमाल गर्दै फोटो सेसन समेत गरे ।

चार दशकअघि नेबिसंघमा आवद्ध हुँदै राजनीति शुरु गरेका थापाले २०४६ सालमा अर्जुनधारा गाउँ समितिको पार्टी सचिव, क्षेत्रीय सभापति १० बर्ष, जिल्ला सचिव र उपसभापति १० बर्ष र जिल्ला सभापतिमा १० बर्ष झापा कांग्रेसको नेतृत्व सम्हालेका छन् ।

पार्टीको प्रदेश समितिको सभापति पदमा चुनाव लड्ने चर्चा हुँदै आए पनि आजबाट सभापति थापाले केन्द्रीय सदस्यमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here