पाठेघरको क्यान्सर पत्ता लगाउन भीआइए जाँच

0
870

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरमा आइतबार वडा नम्बर ६ र १० मा महिलाहरुको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन भीआइए परीक्षण गरिएको छ ।

नगर प्रमुख दिलीपकुमार राईले उद्घाटन गरेपछि वडा नम्बर ६ को मंगलबारेस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा र १० को त्रिवेणीचोक ऐयावारीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा जाँच सेवा सुरु गरिएको हो ।

६ मा १० जना र १० मा ३ जनाको जाँच भएको स्वास्थ्य शाखाका एकराज खत्रीले जनाउनु भयो । जसमा कसैको पनि क्यान्सरको समस्या देखिएको छैन । मंगलबारेमा जग्गादाता वीनादेवी ठकूरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

स्वास्थ्यकर्मीका लागि तालिम प्रदान गरेपछि गत असारदेखि विभिन्न वडामा जाँच सुरु भएकोमा हालसम्म २ सय १९ जनाको परीक्षण भएको छ । यो सेवा नगर अस्पताल, शनिश्चरे र हसन्दह स्वास्थ्य चौकी तथा प्रत्येक आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुबाट नियमित रुपमा सञ्चालन गर्न थालिएको छ ।

क्यान्सरको समस्या देखिएकालाई नगर अस्पतालमै उपचारकालागि कोल्ड कगुलेसन थेरापी थालिएको छ । जसको नेतृत्व मेडिकल अफिसर डा. फरिन्दा गुरुङले गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here