बिर्तामोड ।

झापाको बिर्तामोडका युवा व्यवसायी विनोद वस्नेत नेपाल भारत उद्योग वाणिज्य महासंघ प्रदेश १ को कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।
लामो समयदेखि झापाको बिर्तामोडलाई कार्यक्षेत्र बनाएर उद्योग–व्यवसाय एवम् सामाजिक क्षेत्रमा सक्रिय विर्तामोड निवासी वस्नेतलाई नेपाल भारत उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित गरेको हो ।
विर्तामोडमा रहेको सयपत्री ट्रेडलिंकका प्रबन्ध निर्देशक वस्नेत धेरै औद्योगिक–व्यावसायिक संगठनमा आबद्ध छन् भने दर्जनौं सामाजिक संघ–संस्थामा उत्तिकै सक्रिय छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ कार्यसमिति सदस्य, झापा गोल्डकपका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक समेत रहेका बस्नेत मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव समेत रहेका छन् ।
बस्नेत नेपाल जेसीजको पूर्व कार्यकारिणी उपाध्यक्ष तथा वीरता जेसीज सन् २००४ को अध्यक्ष पनि हुन् ।






























