पथरीशनिश्चरेमा कोभिड-१९ विरुद्ध दोस्रो खोप उपलब्ध

0
381

पथरीशनिश्चरे,छविराज ढकाल ।

पूर्वी मोरङको पथरीशनिश्चरे नगरमा कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम संचालन भैरहेको छ ।

पहिलो मात्राको कोभिशिल्ड खोप लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दोस्रो खोप लगाईएको छ भने अन्य उमेर समूहका नागरिकलाई भेरोशिलको दोस्रो मात्रा लगाईएको हो ।

गत १२ गतेदेखि नगरका १० वटै वडाका ६५ वर्ष माथिका २ हजार ७ सय जेष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा सरकारद्वारा उपलब्ध भएको फरक कम्पनीको एष्ट्राजेनिका खोप लगाइएको हो ।

गत साउन १२,१३ , १६,१७ ,१८ गते भेरोशिलको पहिलो खोप लगाउने नागरिकलाई भेरोशिलकै दोस्रो डोजको खोप गत भदौ १२ गतेदेखि नगरको सबै वडामा संचालन भैरहेको हो । नगरभित्रका कूल ३५ सय ८८ जनालाई भेरोशिलको दोस्रो मात्राको खोप लगाइएको नगर अस्पतालका स्वास्थ्यकर्मी याम खड्काले बताउनुभयो ।

उक्त खोप यस अघि भदौ १२ गते पहिलो दिन वडा नं १ का लागि नगरपालिका कार्यालयस्थित आधारभूत स्वास्थ्य केन्द्र पथरीबाट , २ नं वडाका नागरिकलाई नगर अस्पतालबाट ,४ नं वडाका लागि शनिश्चरे स्वास्थ्य चौकीमा , वडा नम्बर ३ र ७ कालागि आधारभूत स्वास्थ्य सेवा केन्द्र किरातीचोकमा , ८ का नागरिकका लागि शनिश्चरे स्वास्थ्य चौकी र १० का लागि वडा कार्यालयबाट खोप उपलब्ध गराइएको छ भने हसन्दह स्वास्थ्य चौकीबाट वडा नं ५ र ६ का लागि खोप संचालन भएको हो । गत १३ र १४ गते बाँकी अन्य वडाहरुमा खोप उपलब्ध गराइएको थियो ।

यसैगरी, गत साउन १२ र १३ गते भेरोसिलको पहिलो मात्रा लगाएकाहरुका लागि भोलि १७ गते वडा नं ३, ६, ७, ८ र १० नं वडाका नागरिकलाई भेरोशिलकै दोस्रो मात्राको खोप लगाइने तय भएको छ । १८ गतेका दिन दोस्रो मात्राको लागि सवै छुटमा रहेकाहरूले वडा नं २ स्थित नगरअस्पताल, वडा नम्बर ९ तथा सो क्षेत्रका लागि शनिश्चरे स्वास्थ्य चौकी र हसन्दह क्षेत्रका लागि हसन्दह स्वास्थ्य चौकीमा खोप प्रदान गरिने जनाइएको छ ।

यता, झापाको दमक नगरपालिका-१स्थित बेलडाँगी शिविर र मोरङ जिल्लाको पथरिशनिश्चरे नगरपालिकाको शनिश्चरे शिविरमा बसोबास गर्दै आएका ५ हजार ५ सयबढी भुटानी शरणार्थीलाई समेत यस अघि नै एउटै मात्रा लगाउदा पुग्ने जन्सन खोप उपलब्ध गराइ सकिएको छ।

गत साउन -१९ पथरिशनिश्चरे नगर क्षेत्रभित्र रहेका १ हजार ५ सयमध्यें १८ वर्षमाथिका ८ सय ६५ जना र झापाको दमक नगरपालिका-१स्थित बेलडाँगी शिविरका २ हजार ३ सय ७ जना गरी जम्मा ३ हजार १ सय ७२ जना भुटानी शरणार्थीलाई अमेरिकी जोन्सन एण्ड जोन्सन कंपनीको जोन्सन खोप उपलब्ध गराई सकिएको हो ।

नेपाल सरकारको तर्फबाट उक्त खोप उपलब्ध भएको मोरङको शनिश्चरे शिविर व्यवस्थापन समिति सचिव चम्पासिंह राईले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here